नागरिकता विधेयकले राष्ट्रघातको संभावना बढ्यो : भण्डारी
गुगलपाटी संवाददाता हेटौँडा,२१ मंसिरसामजिक अभियान्ता तथा राष्ट्रिय जागरण परिषदका केन्द्रीय संयोजक साध्यवहादुर भण्डारीले नागरिकता नीति कठोर हुनुपर्नेमा जोड दिएका छन् । आज हेटौँडामा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै भण्डारीले नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको नागरिकता विधेयक २०७५ मा गम्भिर क्रृरुटिहरु रहेको र यसले राष्ट्रघातको खतरा रहेको भन्दै उच्च स्तरीय न्यायिक अधिकार सम्पन्न छानविन आयोग निर्माण गर्नुपर्ने बताएका छन् ।
पत्रकारसँगको अन्तरक्रियामा बोल्दै भण्डारीले भने (अहिले हाम्रो देशको नागरिकता नीतिले विदेशी नागरिकहरु सिधै नेपाली नागरिक बन्न सक्ने खतरा छ । अहिलेको नागरिकता नितिले नेपाल फिजिकरण हुने संभावना रहेको भन्दै भण्डारीले राज्य यसबारे गम्भिर हुनुपर्ने बताए। यो विधेयकले विदेशीलाई समेत नेपालमा “अनअराईवल भिजा” जस्तै नागरिकता दिने ब्यवस्था गर्न लागेको भन्दै यसले नेपालमा भविष्यमा गम्भिर संकट ल्याउने निश्चित छ । । यसले राष्ट्रियतालाई समेत गम्भिर आँच पुर्याउँछ ।
उनले भने ः २०६३ को जनआन्दोलनपछि नेपालमा २२ लाख भन्दा धेरै भारतीयहरुले नेपाली नागरिकता लिएको भन्ने समाचार बाहिर आईरहदा समेत सरकार गम्भिर नभै यस्तो विधेयक ल्याउनु षड्यन्त्रको गन्ध हो ।
नागरिकता सम्वन्धी गलत नीतिको कारण विश्वको धेरै देशहरु गृहयुद्धमा फसेको उदाहरण दिँदै उनले नागरिकता विद्येयक अति संवेदनशील विषय भएको कारण हचुवाको भरमा विधेयक नलैजान सांसदहरुलाई समेत आग्रह गरेका छन् ।