किन झोक्किएर निस्किए नेकपाका चार नेता

गुगलपाटी संवाददाता
२३ मंसिर २०७५ ०२:१८

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीभित्र शीर्ष नेताहरुबीचको बिवाद उत्कर्षमा पुगेको छ । सांगठनिक एकीकरणलाई लिएर शुरु भएको विवाद शीर्ष नेताबीच नै विभाजित हुने अवस्थामा आइपुगेको हो ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्ष्कमल दाहालले एकलौटीरुपमा पेलेर अगाडि बढेको आरोप लगाई सचिवालयका चार नेता समयमै बैठक नभएकाले सहभागी नै नभई बाहिरिएका हुन् ।

प्रदेशको पदाधिकारी र प्रदेश कमिटी चयनमा अध्यक्षद्वय ओली र प्रचण्डले एकलौटी निर्णय गरेको भन्दै वरिष्ट नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र नारायणकाजी श्रेष्ठ शनिबारको सचिवालय बैठकमा सहभागी हुनुभएन । आजको नेपाल समाचारपत्रमा समाचार छ ।