स्थानीय पत्रपत्रिकाः घरेलु उद्योग स्थापना गर्न पैसा नलाग्ने

गुगलपाटी संवाददाता
२४ मंसिर २०७५ ०१:२७

हेटौंडाबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले फरक फरक विषयलाई प्राथमिकता दिएर समाचार छापेका छन् । प्रदेश राजधानी हेटौंडाबाट सारिए अस्थिरता आउने उद्योगी व्यवसायीको चेतावनी, घरेलु उद्योग निशुल्क दर्ता गर्ने प्रदेश सरकारको तयारी, भ्रष्टाचारमुक्त बनाउने रणनीति, मन्त्रालयतहका कार्यालय स्थापना भएका लगायतका शीर्षकका समाचार आजका दैनिक पत्रिकामा छापिएका छन् ।

आजको समृद्ध समाज दैनिकले ३ नम्बर प्रदेशले घरेलु उद्योग निशुल्क दर्ता गर्ने गरी तयारी गरेको समाचार पहिलो पृष्ठमा छापेको छ । ३ नम्बर प्रदेश सरकारले उद्योगमैत्री ऐन ल्याउने तयारी गरेको छ । ३ नम्बर प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले औद्योगिक व्यवसायिक ऐनको तयारी पूरा गरेको जनाएको छ ।

विधेयकमा एकल विन्दु सेवाको अवधारणालाई आत्मसात गरिएको छ । २० भन्दा बढी उद्योगको लागि एकै स्थानमा विद्युत्, खानेपानी, तथा सडक सुविधासहित औद्योगिक क्षेत्रको अवधारणालाई प्रदेश सरकारले कार्यान्वयन गर्नेछ ।

त्यस्तै आजको हेटौंडा सन्देश दैनिकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयमा एक वर्षको अवधिमा ६ सय ७९ वटा उजुरी परेको खबर छापेको छ । गत आर्थिक वर्षमा उक्त उजुरी दर्ता भएको जनाइएको छ ।

दर्ता भएको उजुरीमध्ये ४ सय वटा मुद्दा फछ्र्यौट भएको कार्यालयका सिनयिर इन्जिनियर भिमार्जुन पाण्डेले जानकारी दिए । २ सय ७९ वटा मुद्दा चालु आवमा सारिएको छ ।

हाँडीखोलाको बाटो स्तरीकरणमा केन्द्र सरकारले एक करोड विनियोजन गरेको समाचार आजको प्रदेश दैनिकले छापेको छ । मनहरी गाउँपालिका अन्तर्गत हाँडीखोलाको बाटो स्तरीकरण गर्न सरकारले रातो किताबमा सूचना निकाली एक करोड विनियोजन गरेको हो । लामिटार पक्कीपुलदेखि गोगनपानीसम्मको बाटो स्तरीकरण गर्न केन्द्र सरकारले नै चासो दिएका हो ।

हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ