राष्ट्रिय खेलकुदमा मकवानपुरका १६ खेलका खेलाडी सहभागी हुँदै

गुगलपाटी संवाददाता
१ पुष २०७५ ००:१७

पाँच नं प्रदेशका विभिन्न जिल्लामा आगामी माघको अन्तिममा आयोजना हुने आठौ राष्ट्रिय प्रतियोगिताका लागि मकवानपुरवाट १६ खेलका खेलाडीहरु सहभागि हुने खेलकुद विकास समितिले जनाएको छ ।

जस मध्ये १३ खेलका खेलाडीहरु छनौट भई सकेको जनाएको छ । फुृटबल, भलिवल र क्रिकेटको पहिलो चरणको छनौट सकिएको छ । यस्तै गरि कराते,उसु, फुृलकन्ट्याक्ट कराते, व्याडमिन्टन, वास्केटवल,टेवलटेनीस,वक्सिङ,जुडो र एथलेटिक्सका खेलाडीहरुको छनौट सकिएको समितिका अध्यक्ष माधव तिमल्सिनाले जनाएका छन ।

तेक्वान्दोमा विवाद भएकाले परिषदले नै छनौट नगर्न निर्देशन दिएको छ भने हक्कीको जिल्ला टीम नै प्रदेशको टीम हुने तथा कव्वडी र वुद्धिचालको छनौट एक दुई दिन मा नै गरेर अन्तिम नामावली परिषदमा पठाउने तयारी भएको समिति प्रमुख राजन दाहाल खुशराजले वताएका छन ।