स्थानीय पत्रपत्रिकाः वडा अध्यक्षलाई मोटरसाइकल, निल्नु न ओकल्नु
गुगलपाटी संवाददाता३ न्म्बर प्रदेशको राजधानी हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले आज फरक फरक विष्यालाई प्रमुखताका साथ छापेका छन् ।
आजको समृद्ध समाज दैनिकले हेटौंडा उपमहानगरको १९ वटा वडाका अध्यक्षको लागि मोटरसाइकल सुविधा निल्नु न ओकल्न भएको समाचार छापेको छ । वडा अध्यक्षको लागि भन्दै १७ वटा मोटरसाइकल आइसकेको छ । उक्त मोटरसाइकल ग्यारेजमा थन्किएको छ । वडा अध्यक्षहरु सुविधामुखी भएको भन्दै नगरबासीको आलोचना हुन थालेपछि वडा अध्यक्षहरुलाई मोटरसाइकल लिन न नलिनु भएको छ । आफ्नै मोटरसाइकल हुँदा हुँदै सरकारी माटरसाइकल पनि आउने भएपछि उनीहरु दोधारमा रहेको समाचारमा उल्लेख छ । केही वडाका वडा अध्यक्षले भने मोटरसाइकल सुविधा नलिने बताएका छन् । केही वडामा सचिवले पनि मोटरसाइकलको उपयोग गर्न पाउनुपर्ने आवाज उठेका छन् ।
ऋाजको हेटौंडा सन्देश दैनिकले ३ नम्बर प्रदेशसभाको वर्षे अधिवेशन अझै सुरु हुन नसकेको समाचार छापेको छ । मंसिर ११ गते पाँचवटा विधेयक पास गरेर स्थगित भएको प्रदेशसभा अझै बस्न सकेको छैन । प्रदेश राजधानीको विषय नटुङ्गिएकाले हिँउँदे अधिवेशन गर्न ढिलाई भएको सभामुख सानुकुमार श्रेष्ठ बताउँछन् ।
ह्ेटौंडा सिमेनट उद्योगको क्षमता बढाउन एक अर्ब खर्चिन लागिएको समाचार आजको साझाकुरा दैनिकले छापेको छ । लामो समयदेखि घाटामा रहेको सिमेन्टले विगत केही वर्षदेखि निरन्तर नाफामा गएको छ । उद्योगको उत्पादन क्षमता बढाई अझ नाफा गर्ने उद्देश्य छ ।
ह्ेटौंडा–६ मा रहेको बालजागृति युवा वर्ष माविको विद्युत्को लाइन काटिएको समाचार प्रदेश दैनिकमा छ । विद्युत् महसुल नतिरेको भन्दै विद्यालयको लाइन काटिएको हो । विद्यालयको बक्यौता ४८ हजार रुपैया रहेको बताइएको छ ।
हेर्नुहोस्, आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ