प्रदेशसभा ३ का पदाधिकारीलाई सवारी सुविधा
गुगलपाटी संवाददाताहेटौंडा,९ पुस/ तीन नम्बर प्रदेश सभाका बिभिन्न समितिका सभापति, प्रमुख प्रतिपक्ष दलका नेता तथा सत्तापक्ष दलका प्रमुख सचेतकलाई सवारी सुविधा दिने निर्णय भएको छ । सोमबार बिहान बसेको मन्त्रीपरिषद बैठकले उनीहरुलाई सवारीसाधन उपलब्ध गराउने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेलले बताए ।
यस अघि सवारी साधन र इन्धन खर्च बापत मासिक एक महिना बराबरको थप उनीहरुलाई पारिश्रमिक उपलब्ध गराउँदै आएको थियो । उक्त निर्णय संसोधन सहित प्रदेशसभाबाट पारित भएपछि लागु हुने ढुङ्गेलले जानकारी दिउ ।
मन्त्रीपरिषद बैठकले सहकाकरीमा आधारित सामुहिक खेती गर्ने कार्यविधि पनि पारित भएको छ । साथै बैठकले मकवानपुरको गढीस्थित रुद्र बाटिका र धादिङको बेनिघाटस्थित मजदुर सहिद स्मृति पार्कलाई शान्ति पार्क बनाउने निर्णय गरेको उनले जानकारी दिए ।
बैठकमा मुख्यमन्त्री सहित अन्य पाँच जना मन्त्रीहरुको सहभागिता रहेको थियो