बिजुलीकलीले जितिन् ‘ब्यूटी कन्टेष्ट’
गुगलपाटी संवाददाताचितवन– चितवनमा जारी हात्ती महोत्सवको ब्युटी कन्टेस्टमा १८ वर्षीया बिजुली कलीले उपाधी जितेकी छन् । फस्ट रनरअपमा चम्पाकली र सेकेन्ड रनरअपमा अलिसाकलीले उपाधी जितेका छन् ।
पोथी हात्तीलाई विभिन्न आकर्षक रंगले रंगरोगन गरी सजावट गरिनुका साथै हात्तीको गुणका अनुसार ब्युटी विनर चुन्ने गरिन्छ ।
हात्ती महोत्सव अन्तर्गत हात्ती पोलो, हात्तीको ब्युटी कन्टेस्ट, फुटबल, वनभोज आदि कार्यक्रम समावेश गरिएको थियो। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्सव उद्घाटन गरेकी हुन्। महोत्सव पाँच दिनसम्म चल्नेछ ।
अङ्ग्रेजी नयाँ वर्षको अवसर पारी आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्न हात्ती महोत्सव गरिएको होटल संघ सौराहका अध्यक्ष सुमन घिमिरेले बताए ।
लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन महोत्सवले सघाउ पुग्ने आयोजकको बिश्वास छ।