कांग्रेसले आज देशव्यापी रुपमा  मेलमिलाप दिवस मनाउँदै

गुगलपाटी संवाददाता
१६ पुष २०७५ ०५:१५

हेटौंडा–  नेपाली कांग्रेसले आज देशव्यापी रुपमा मेलमिलाप दिवस मनाउने भएको छ । कांग्रेसले यसअघि नै केन्द्रबाट ७७ जिल्लामा प्रतिनिधि समेत पठाइसकेको छ ।

४३ आँैं राष्ट्रिय एकतातथा मेलमिलाप दिवसका अवसरमा जिल्ला जिल्लामा कार्यक्रम राखेको छ । २०१७ सालमा तत्कालिन राजा महेन्द्रले जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको सरकार बर्खास्त गर्दै निर्दलिय पञ्चायती व्यवस्था शुरु गरेपछि कोइराला सहितका नेतालाई ७ वर्ष जेल चलान गरिएको थियो ।

त्यसपछि २०२५ सालमा विपी सहितका कांग्रेस नेता भारत प्रवासमा जानुभएको थियो । तर भारतमा पटकपटक अपमानित हुनुपरेको तथा भारतले आफ्नो अनुकुलमा नेपालको राजनीति अघि बढाउन चाहेको ठहर गर्दै विपी सहितका नेता बरु नेपालमा राजासँगै हातेमालो गर्न सकिने तर पराई भूमिमा बस्नु ठीक नहुने निष्कर्ष निकाल्दै भारतबाट स्वदेश फर्किएका थिए ।

भारतमा आठ वर्ष लामो प्रवासपछि नेपाली कांग्रेसका शिर्षस्थ नेताहरु वीपी कोइराला, गणेशमान सिंह, रामबाबु प्रसाईं, शैलजाआचार्यलगायत २०३३ सालमा राष्ट्रिय एकता र मेल मिलापको नितिलिएर स्वदेश फर्केको दिनलाई कांग्रेसले राष्ट्रिय एकतातथा मेलमिलाप दिवसका रूपमा मनाउने गरेको छ ।

मकवानपुर काँग्रेसले पनि मेलमिलाप दिवसको अवसरमा अहिले बिहान ११ बजे पार्टी कार्यालयबाट ¥यालीसहित बुद्धचोकमा पुगेर कोणसभा गर्ने भएको छ । कोणसभामा पार्टी केन्द्रले खटाएको केन्द्रीय सदस्य गुरु घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका सूचना तथा सञ्चार अधिकृत सुजन बिडारीले जानकारी दिए ।