अप्रिल फुलको सय बर्षको इतिहास

गुगलपाटी संवाददाता
१८ चैत्र २०७४ ०८:२३

अप्रिल चौथो अङ्ग्रेजी महिना हो। गेग्रोरियन क्यालेन्डरअप्रिलको पहिलो दिन अप्रिल फुलको रूपमा मनाइन्छ। यो इतिहास आज सय बर्ष पुगेछ अर्थात् १९१८ मा एक जना २१ बर्षिय फुल अप्रिल भन्ने व्यक्ति ले इटालीमा बिजनेस गर्थे ! जसले २१ बर्ष को उमेरमा १०० भन्दा बढि कम्पनि चलाएर बसेका थिए र उनले एउटा ७७ बर्षकि आइमाई संग बिहे गरे ! उनीहरु ३ बर्ष अप्रिल १ सम्म खुसि सुखि साथ बसे ! त्यसपछि उनीहरुकोडिभोर्स भो ! कारण थियो उनि धेरै महामुर्ख थिए !उनले फेक कथाहरु पढेर बस्थे ! झुठा कथा पढ्दा पढ्दा उनीहरुको अप्रिल १ तारिक कै दिन डिभोर्स भएछ ! इतिहास कुरा थेरै छन् अाज अप्रिल १ तारिक अप्रिल फुल मनाइँदै छ। अाजकाे दिन युरोपमा आफुलाई मन पर्ने आफ्ना साथी लाई झुक्याएर मनाउने चलन रहेछ । युरोपियन देशहरुमा आजको दिनलाई झुक्याउने दिन अर्थात मूर्ख दिवसको रुपमा मनाइने गरिन्छ । ती देशहरुमा अप्रिल फुल भन्दै ख्याल ठट्टा गरेर एक अर्कालाई झुक्याउने चलन छ । केही वर्ष यता नेपालमा पनि अप्रिल फुलको रमाइलो गर्ने गरिएको छ । झुक्याएर अर्कोलाई मुर्ख बनाएको रुपमा रमाइलो गरेर मनाउने यो चलनलाई कतिले सहज रुपमा लिने गरेका छन् भने कतिले विकृतिको नमूना भन्दै आलोचना गर्ने गरेका छन् । एकछिनको रमाइलोको लागि भन्दै साथीभाइ र अरुलाई झुक्याउने प्रवृत्तिले यसले समाजमा नकारात्मक असर पनि पुर्याउने गरेको छ ।

अप्रिल फुल मनाइने विभिन्न अनुमान भने छन् । मध्ययुगमा युरोपका सबैजसो सहरहरुमा मार्च २५ मा नयाँ वर्षको उत्सव मनाइन्थ्यो । फ्रान्सको केही क्षेत्रमा एक हप्तासम्म नयाँ वर्ष मनाइन्थ्यो । अप्रिल १ देखि नयाँ वर्ष सुरु भएको मान्ने गरिन्थ्यो । जो मानिसहरु जनवरी १ तारिकमा नयाँ वर्ष मनाउँथे उनीहरुले अप्रिल १ मा नयाँ वर्ष मनाउनेहरुलाई मुर्ख भन्न थाले । अप्रिल १ नयाँ वर्ष होइन ‘अप्रिल फुल’ हो भन्न थालियो ।सन् १५६४ देखि फ्रान्सले पनि आधिकारिक रुपमा जनवरी १ लाई नयाँ वर्ष अवलम्वन गर्यो । तर सरकारको त्यो निर्णय मन नपराउनेहरु पनि निस्किए । जसले अप्रिल १ मै नयाँ वर्ष हुनुपर्छ भन्न थाले । यस्तो भन्ने पुरानाहरुलाई नयाँले मुर्ख भन्न थाले भन्ने तर्क दिने गरिन्छ । १६ औं शताब्दीमै अप्रिल महिनालाई नयाँ वर्षका रुपमा युरोपमा अश्विकार गरिए पनि बिक्रम सम्वतमा हाम्रो क्यालेण्डरमा भने यहि महिनामा नयाँ वर्ष पर्छ ।