डा. केसीको स्वस्थ्यास्थिती गम्भीर बन्दै
गुगलपाटी संवाददाता हेटौँडा१६ औँ पटकको अनसनको छैटौँ दिन आजसम्ममा डा। केसीको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएपछि उनलाई जिल्ला अस्पतालमा भर्ना गरिएको हो ।
चिकित्सा शिक्षाको सुधारको माग गर्दै अनसनमा बसेका डा। गोविन्द केसीको स्वास्थ्यमा समस्याभएपछि आज बिहान जिल्ला अस्पताल इलाममा भर्ना गरिएको छ ।
डा. केसीको रक्तचाप बढ्नुका साथै फोक्सोमा सङ्क्रमण बढ्दै गएको र मुटुको गति पनि अनियमित भएर शिथिल भएपछि अस्पताल भर्ना गरिएको डा। केसीका वार्ता टोली सदस्य अधिवक्ता डा. सुरेन्द्र भण्डारीले बताए ।
डा. केसी चिकित्सा शिक्षा विधेयक जनताका पक्षमा हुनुपर्ने, १५ औँ अनसनका क्रममा सरकारले गरेको सहमति कार्यान्वयन हुनु पर्नेसहितका छ बुँदे माग राखेर इलाममा यही पुस २५ गतेदेखि अनसनमा बसेका छन् ।