बासुदेब सभागृहलाई प्रदेशसभा भवन बनाइँदै
गुगलपाटी संवाददाताहेटौंडा– ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा ४ मा रहेको बासुदेब सभागृहको निरिक्षण गरेका छन् । सभागृहलाई प्रदेश सभा भवनकारुपमा निर्माण सम्पन्न गराउन प्रदेश सरकारले अग्रसरता देखाएको हो ।
चालु आर्थिक बर्षभित्र सभागृहलाई प्रदेश सभा बस्न मिल्ने गरी निर्माण सम्पन्न गरीने जानकारी दिए । स्थलगत निरिक्षण गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सभाको बैठक सञ्चालनको लागि सभागृह उपयुक्त हुने मुख्यमन्त्री पौडेलले बताए ।
आवश्यकता अनुसार बजेट विनियोजन गरेर निर्माण सम्पन्न गरीने उनको भनाई थियो । मंगलबार मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार विकास मन्त्रालयको शहरी विकास तथा भवन कार्यालयका प्रमुख ईन्जिनियर संजय पाण्डे, हेटौंडा उपमहानगरपालिकाका आर्किटेक्ट चाहना पौडेल, मुख्यमन्त्री कार्यालयका सचिव रमेशप्रसाद शिवाकोटी सहीतको टोलिले भवनको स्थलगत निरिक्षण गरेका थिए ।
२०६३ सालमा निर्माण शुरु भएर तीन वर्ष सम्म लगातार स्थानीय विकास मन्त्रालयको जगेडा कोषको एक करोड ३० लाख रुपैंया खर्च गरिएको थियो । त्यसपछि विबिध कारणले सभागृह निर्माणको काम अघि बढ्न सकेको थिएन ।