फायर फास्टफुड सञ्चालनमा

गुगलपाटी संवाददाता हेटौँडा
२ माघ २०७५ १०:१०

हेटौँडामा दुई युवाहरुले फास्टफूड सञ्चालनमा ल्याएका छन् । करीब सात लाखको लगानी गरेर फायर फास्टफूड सञ्चालनमा ल्याएका हुन् ।

मकवानपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले फास्टफुडको उदघाटन गरेका हुन् ।

कमानेका इमान लामा, कैलालीका सुरेश चौधरीले संयुक्त लगानीमा हेटौँडको भैरव रोड जाने बाटो नजिकै फस्टफुड संञ्चालन गरेका छन् ।

फस्टफुडमा पिज्जा, बरगर, मोमो, चाउमिन लगायतका भेज ननभेज खाजाहरु पाईने र अर्डर अनुसार होम डेलिभरीको पनि व्यवस्था रहेको संञ्चालक हरु बताउछन् ।