सञ्चारकर्मी ढकालको हत्या भएको प्रहरी निष्कर्ष, ३ जना पक्राउ पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै

गुगलपाटी संवाददाता
५ माघ २०७५ ०२:३३

हेटौंडा–हेटौंडाका सञ्चारकर्मी मनोहर ढकालको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । गत पुस २५ गते साँझ ढकालको हेटौंडाको भैरवडाँडा जाने सडकमा शव भेटिएको थियो ।

प्रारम्भीकर रुपमा उनको दूर्घटनामा मृत्यु भएको भनिए पनि अन्ततः हत्या नै भएको निष्कर्षमा प्रहरी पुगेको हो । हत्यामा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएकालाई अहिले साढे ९ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गरिने र घटनाको बारेमा विस्तृत जानकारी गराउने प्रहरीले जनाएको छ । ढकाल चढेको मोटरसाइकल लडेको अवस्थमा देखिनुले दूर्घटना भएको अनुमान गरिएको थियो तर, घटनास्थलमा झोला तथा कागजपत्र यत्रतत्र छरिएको अवस्थामा थियो ।

घटनास्थलको प्रकृति हेर्दा हत्या भएको अनुमान गर्दै प्रहरीले तीव्र अनुसन्धान अघि बढाएको थियो ।