गृहजिल्लामा श्यामप्रसाद शर्माकाे याेगदानकाे चर्चा

गुगलपाटी संवाददाता
६ माघ २०७५ ००:५१

 हेटौंडा– प्रगतिवादी साहित्यकार श्यामप्रसाद शर्माकाे साहित्यिक याेगदानकाे प्रशंसा गरिएकाे छ । स्वर्गीय शर्माकाे गृह जिल्ला मकवानपुरमा शनिबार एक कार्यक्रमका बीच उनलाई सम्झिइएकाे हाे ।

मकवानपुरकाे बकैया गाउँपालिका-१० मा जन्मिएका शर्माले नेपाली साहित्यमा ठूलाे याेगदान रहेकाे भन्दै उनकाे याेगदानकाे कदर गर्दै उनकाे प्रगतिशील बिचारलाई ग्रहण गर्दै अघि बढ्नुपर्नेमा जाेड दिइएकाे थियाे । श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानकाे अायाेजनामा भएकाे उनकाे पाँच जरुरी कुरा पुनः प्रकाशन सार्वजनिकीकरण तथा कार्यालय उद्घाटन कार्यक्रममा बाेल्ने साहित्यकार तथा सराेकारवालाले शर्माकाे कृतिलाई फैल्याउनु अावश्यक रहेकाे अाैंल्याए ।

१९८६ सालमा जन्मिएका शर्माकाे २०७३ साल वैशाख २४ गते निधन भएकाे हाे । शर्माका वैचारिक, साहित्यिक प्रकृतिका सयभन्दा बढी रचनाहरू प्रकाशित छन् । उनलाई थुप्रै सम्मान दिइएको थियो । २००९ सालमा स्थापित प्रगतिशील लेखक सङ्घका संस्थापक अध्यक्षसमेत रहेका शर्मा राणाबिराेधी अान्दाेलनमा सक्रिय थिए । प्रजातन्त्र स्थापना तथा पञ्चायती व्यवस्थाकाे अन्त्यकाे लागि उनकाे भूमिका महत्त्वपूर्ण थियाे ।

२००० सालदेखि नै राणा विरोधी आन्दोलनमा होमिएका शर्मा अल्प समयका लागि नेपाली काङ्ग्रेससित नजिक भएका थिए । त्यसपछि २००६ सालमा स्थापित नेपाल कम्युनिस्ट पार्टीको नजिक पुगेका शर्माले २००९ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।

२०१० सालमा सम्पन्न नेकपाको प्रथम महाधिवेशनमा शर्मा प्रतिनिधिका रूपमा सामेल भएका थिए । राणा विरोधी आन्दोलनका क्रममा पटक पटक गिरफ्तारीमा परेका थिए । पछिका दिनका कम्युनिस्ट पार्टको नजिक रहेर काम गरेका शर्मा २०२४ सालदेखि भूमिगत भएर काम गरेका थिए । २०४६ सालपछि मात्र उनी सार्वजनिक जीवनमा पुनः प्रवेश गरेका थिए ।

श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानका अध्यक्ष काैशल पाण्डेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा साहित्यकार शेषमणि अाचार्यकाे प्रमुख अातिथ्यता रहेकाे थियाे । कार्यक्रममा प्रतिष्ठानका महासचिव नवराज शर्मा, ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य मुनु सिग्देल, प्रेमबहादुर पुलामी छिन्तु, अाेम घलान, प्रतिष्ठानका ऋषिराम पाेखरेल, हेटाैंडा-४ नम्बर वडा अध्यक्ष नविन सिग्देललगायतले शर्माकाे कृतित्व, व्यक्तित्व र राजनीतिक याेगदानकाे चर्चा गरेका थिए ।