लेखापढी कानुन व्यवसायीको अध्यक्षमा अर्याल
गुगलपाटी संवाददाताहेटौंडा–नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति हेटौंडाको अध्यक्षमा पूर्णप्रसाद अर्याल चयन भएका छन् ।
शनिबार हेटौंडामा भएको आठौं अधिवेशन तथा २२ औँ साधारणसभाले अर्यालको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा पदमबहादुर बजगाइँ, सचिवमा अमृत बर्तौला, सहसचिवमा बालकृष्ण तिमल्सिना, कोषाध्यक्षमा अमृत बस्नेत, सह कोषाध्यक्षमा जानुका भुजेल रहेका छन् ।
नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन अध्यक्ष नारायण थोकरको अध्यक्षतामा भएको साधारणसभामा एशोसिएसनका केन्द्रीय उपाध्यक्ष एवम् ३ नम्बर प्रदेश संयोजक सूर्यबहादुर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा पुनरावेदन बार एशोसिएसन पाटन इजलास हेटौंडाका अध्यक्ष युवराज वली, जिल्ला बार एशोसिएसन मकवानपुर अध्यक्ष ईश्वरीप्रसाद अधिकारी, लेखापढी कानुन व्यवसायी एशोसिएसन केन्द्रीय सचिवालय सदस्य आत्माराम मोक्तान, प्रदेश नम्बर ३ का सदस्य सचिव लोकराज अधिकारी, जिल्ला मालपोत अधिकृत तिलकराम पोखरेल लगायतले शुभकामना व्यक्त गरेका थिए । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति हेटौंडामा एकसय ५ जना सदस्य रहेका छन् ।