बरिष्ठ हाँस्य कलाकार मदनकी पत्नीको निधन

गुगलपाटी संवाददाता काठमाडौं
२० चैत्र २०७४ ०५:४८

वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठकी धर्मपत्नी यशोदा श्रेष्ठको निधन भएको छ ।

उनकी पत्नी यशोदा सुवेदीको सोमबार राति निधन भएको हो । लामो समयदेखि क्यान्सर पीडित यशोदाले सोमबार राति १०ः४५ बजे हरिसिद्धीमा रहेको अस्पतालमा अन्तिम स्वास फेरेकी हुन् ।

यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर पीडित थिइन् ।

उनको आजै साढे ९ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कलाकार किरण केसीले जानकारी दिए ।

२००८ साल पुस १४ गते ललितपुरको कुपण्डोलमा उनको जन्म भएको थियो ।

३५ वर्षअघि २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३-४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।