सरकारको विश्वसनीयता कमजोर

गुगलपाटी संवाददाता काठमाडौं
७ माघ २०७५ ०६:०९

आठ दिनदेखि अनशन बसिराख्नु भएका डा. गोविन्द केसीको बिरोधलाई बेवास्ता गर्दै सरकारले आजको संसद बैठकबाट चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेको छ । डा. केसीका अधिकांश माग पूरा भइसकेका छन्, त्यसैले अनशनको औचित्य छैन भन्ने सरकारको दाबी छ ।

तर, केसीका अनुसार भने सरकारले आफूसँग गरेको सहमति र सम्झौताविपरित विधेयक ल्याइएको बताउँदै आएका छन् । अनशनरत डा.केसीलाई अहिले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि समर्थन र विधेयकको विरोध गरेको छ ।

विधेयक संसदबाट पारित गर्न लागिएको सन्दर्भमाले भने, ‘सरकारको विश्वसनीयता कमजोर हुँदै गएको कारण सरकारले मुलुक चलाउन सक्दैन ।’
उनका अनुसार केही समय अगाडि मात्रै डा. गोविन्द केसीसँग सरकारले सहमति सम्झौता गरेको र त्यसविपरित ल्याइएको चिकित्सा शिक्षा विधेयकमा कांग्रेसका माननीयहरुले समितिहरुमा असहमति जनाइसक्नु भएको छ ।

सम्झौताको पालना नगर्ने सरकारको विश्वसनीयता कमजोर हुँदै गएको छ । विश्वसनीयता कमजोर हुँदै गएको सरकारले मुलुक चलाउन नसक्ने कांग्रेसले प्रतिक्रिया देखाएको छ । सरकारले देखएको काम कारबाही सुन्य रहेको र हत्या, बलात्कार, भ्रष्टाचारमा कुनै कारबाही हुन नसकी झन यस्ता क्रियाकलाप बढ्दै गएकोमा सरकारको ठुलो दोष रहेको छ, महंगी नियन्त्रण र सुशासन कायम गर्न समेत नसकेको बताउनुभयो ।
सरकारलाई सहि दिशामा हिँडाउने प्रमुख प्रतिपक्षको पनि भूमिका भएतापनि सरकारलाई सुधारका लागी दुई तिहाइको दम्भ नदेखाऊ, सहमति सम्झौता पालना गरेर अगाडि बढ भनी सुझव दिदैँ आएता पनि केही परिवर्तन हुन सकेको छैन । योभन्दा बढी केही गर्न सक्दैनौं ।’

अझै पनि सरकारले सहमति गरेर अगाडि बढ्छ, विमतीहरुलाई पनि सहमतिमा ल्याएर अगाडि बढ्नु पर्नेमा खाणँले जोड दिनुभयो, सरकारले आफ्नो विश्वसनीयता कायम गर्नका लागि डा. गोविन्द केसीसँगको सम्झौतालाई कार्यान्वयन गर्छ भन्नेमा विश्वश्त रहेको जनाउनु भयो ।

यदी विद्ययक पारित हुनुभन्दा अगाडी सहमति गरेन भने सरकारले द्वन्द्व निम्ताउँने र द्वन्द्व निम्ताएमा कांग्रेसले प्रतिक्रिया जनाउँने जानकारी दिनुभयो ।