हिन्दु राष्ट्रको लागि हेटौंडाबाट घरदैलो सुरु
गुगलपाटी संवाददाताहेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र पुर्नस्थापना जनजागरण अभियान अन्तर्गत प्रदेश नम्बर ३ को राजधानी हेटौंडाबाट घरदैलो कार्यक्रमको सुरुवात गरेको छ ।
घरदैलो कार्यक्रम सुरु गर्नुअघि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै राप्रपाका केन्द्रीय अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र कायम गर्नको लागि जनजागरण अभियान आवश्यक रहेको बताए । अध्यक्ष थापाले संगठित रुपले हिन्दु धर्ममाथि आक्रमण भएको भन्दै अभियान सुरु गरेको वताएका छन ।
उनले तीव्र रुपले बढेको भ्रष्टाचार र ब्रम्हलुटमाथि जनदवाव सृर्जनाका लागि अभियान महत्वपूर्ण हुने दावी गरे । वाइड बडी विमानको खरिद प्रकृयामा देशका सबै ठूला राजनीतिक दलको संलग्नता रहेको उनले आरोप लगाए ।
नेपालमा भ्रष्टाचार गरी कालो धन अन्य देशमा राख्ने र फर्जी कम्पनी बनाई स्वदेशमा लगानी गर्ने गिरोहहरुलाई सरकारले पक्राउ गर्नुपर्ने र बैंक खाता समेत बन्द गराउनुपर्ने थापाले सुझाव दिए । राप्रपाले फागुन ७ गतेदेखी जनसंघर्ष समेत गर्ने निर्णय गरेको अध्यक्ष थापाले जानकारी दिए ।