ढाडमा समस्या भएर इन्जेक्सन लगाउँदा निम्त्यायो ठुलो समस्या

गुगलपाटी संवाददाता एजेन्सी
८ माघ २०७५ ०९:३६

ढाडमा लामो समयसम्म पीडा हुँदा जोकोहीलाई समस्या पर्छ । तर एक व्यक्तिले यो पीडाबाट मुक्ति पाउनका लागि खोजेको बाटोले सबैलाई आश्चर्यचकित तुल्यायो ।

आयरल्यान्डका ३३ वर्षीय एक व्यक्तिले पिठ्युँ दुखाइबाट मुक्ति पाउनका लागि आफ्नै वीर्यलाई इन्जेक्सनमार्फत शरीरमा पसाउन थाले । तर त्यसले गर्दा उनको हातमा गाँठो पर्यो ।

उनले आफ्नो हातमा इन्जेक्सन हान्ने गरेका थिए ।

आइरिश मेडिकल जर्नलको जनवरी अंकमा यससम्बन्धी रिपोर्ट छापिएको छ । रिपोर्टअनुसार, हातमा गाँठो परेपछि चिकित्सककहाँ पुगेका व्यक्तिले सोधपुछका क्रममा इन्जेक्सन हान्ने गरेको कुराको खुलासा गरेका हुन् ।

आफ्नै वीर्यलाई हातमा इन्जेक्ट गर्नका लागि उनी हाइपोडर्मिक नीडल प्रयोग गर्थे र त्यसलाई उनले अन्लाइन किनेका थिए ।

यो कुरा थाहा पाएपछि चिकित्सक पनि आश्चर्यचकित भए । उनले गाँठोको उपचारका लागि इन्ट्राभेनस एन्टीबायोटिक्स दिन थाले ।

तर ढाड दुख्न छोडेपछि उक्त व्यक्ति अस्पतालबाट गएको र गाँठोको उपचार पनि नगरेको खबर छ । जानकारहरूका अनुसार, पीडित व्यक्तिको शरीरबाट वीर्य ननिकालिएमा धेरै पीडा सहनुपर्छ ।

यस्तो घरेलु उपचारका बारेमा आफूले कहिले पनि नसुनेको र यस्ता हावादारी उपचार कहिले पनि गर्नु नहुने चिकित्सकहरूको भनाइ छ ।