स्थानीय पत्रपत्रिकाः मेयर महतको अपरिपक्व निर्णय, शिलान्यास गरेकै भोलिपल्ट पुरियो तौलपुलको खाल्डो
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज हेटौंडा उपमहानगरपालिकाको मेयर हरिबहादुर महतको अदूरदर्शी निर्णय र त्यसको स्थानीयले गरेको विरोधसम्बन्धी प्रसङ्गलाई प्रमुखताका साथ छापेका छन् ।
हेटौंडा १० स्थित बसपार्कमा तौलपुल निर्माणको लागि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले शिलान्यास गरेको भोलिपल्टै स्थानीयले बिरोध जनाएपछि बसपार्कको बीचमा खनिएको खाल्डो पुरिएको हो ।
मेयर महतले एकलौटी ढंगले बसपार्कको बिचमा तौलपुल निर्माणको सिलान्यास गरेको भन्दै स्थानीयले उक्त स्थानमा तौलपुल निर्माण गर्न नदिने बताएका छन् । १० नम्बर वडा अध्यक्ष किता सिं लामाले आफुलाई थाहै नदिई बसपार्क बीचमा तौलपुल निर्माण गर्न लागिएकाले रोकिएको बताए । सो स्थानमा तौलपुल निकै अपायक हुने स्थानीय र वडा अध्यक्षको तर्क छ ।
स्थानीयले बिरोध गरेको र सबैतिरबाट अपायक भएको गुनासो आएपछि तौलपुलको लागि अन्यत्र ठाउँ खोज्न लागिएको मेयर महतले बताए । आजका सबै पत्रपत्रिकाले समाचार छापेका छन् ।
हेर्नुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ