श्रमजीवि मजदुरद्वारा बालगृहलाई सहयोग
गुगलपाटी संवाददाता हेटौँडाश्रमजीवि मजदुरहरुले आफ्नो श्रम मार्फत बालगृहमा रहेका बालबालिकाहरुलाई खाद्यन्न वितरण गरी सहयोग गरेको छ । बालगृहमा भएका ३४ जना बालबालिकाहरुलाई बुधवार अखिल नेपाल विद्युतीय तथा अटो रिक्सा श्रमिक संघ जिल्ला कमिटी मकवानपुरको नेतृत्वमा उक्त सहयोग गरिएको हो ।
श्रमिकहरुले चामल, दाल, तेल, नुन, खाजासेट गरी दश हजार बराबरको खाद्यसामाग्री हेटौडा–५ स्थित हाम्रो घर बालगृहका बालबालिकाहरुलाई सहयोग गरेको संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मीले बताउनुभयो ।
अखिल नेपाल ट्रेड युनियन महासंघ मकवानपुरका अध्यक्ष गंगा प्रसाद भट्टाराईको प्रमुख आतिथ्यतामा उक्त सहयोग हस्तान्तरण कार्यक्रम भएको हो । आफैले श्रम गरेर सहयोग गर्न पाउनुमा आफूहरु खुशी भएको भट्टराईले बताउनुभयो ।
उक्त कार्यक्रममा संघका उपाध्यक्ष अक्कल बहादुर थिङ, सचिव बलराम पौडेल, कोषाध्यक्ष शुक्रपति दाहाल लगायतकाको उपस्थिति रहेको थियो भने बालगृहका अध्यक्ष इन्दिरा न्यौपानेले सबै सहयोगी हातहरुले गर्दा यहाँका बालबालिकाको राम्रो दिन भएको बताउनुभयो ।