३ स्मार्ट शाखा माध्ये हेटौंडा शाखा पनि एक

गुगलपाटी संवाददाता हेटौंडा
१० माघ २०७५ ०६:२८

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ३ वटा स्मार्ट शाखाहरुमध्येमा हेटौंडा शाखा पनि छनौट भएको छ । आज बिहिवार बैंकको ५४ औं वार्षिक उत्सव पनि हो ।

यसैको अवसरमा बैंकले देशैभरीका १ सय १७ वटा साखाहरुबाट ३ वटा शाखालाई स्मार्ट शाखाको रुपमा घोषणा गर्ने भएको छ ।

जसमा पुल्चोक शाखा , नक्साल शाखा र हेटौंडा शाखा छनौट भएको हेटौंडा शाखाका प्रबन्ध दिर्नेशक हेमराज मरहठ्ठाले जानकारी दिनुभयो ।

आज वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मरहठ्ठाले सबै ग्राहक शुभचिन्तक एवम् सम्पुर्णमा शुभकामना व्यक्त गरेका थिए भने आगामी दिनमा बैंकले दिने सेवा अझै राम्रो बनाउदै लाने प्रतिवद्धता गरेका छन् ।

वार्षिक उत्सवका दिन बैंकका कर्मचारीहरुले एक आपसमा शुभकामना आदानप्रदान गर्दै साथै फोटोसेसन मार्फत खुसीयालाी साटासाट समेत गरेका छन् ।