पेट्रोकेमिकल प्रालि कारवाहीमा

गुगलपाटी संवाददाता काठमाडौँ
११ माघ २०७५ ०६:२९

नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर ५३३ विपरीत काम गरेको भन्दै हिमालयन पेट्रोकेमिकल प्रालिलाई कारवाही गरेको छ । एलपिजी भल्व मर्मत गरी प्रयोग गर्ने तथा हाइड्रोसेस्टिक टेस्ट नगरी सिलिण्डरमा म्याद थप गरेकोले पेट्रोकेमिकल प्रालिलाई बिहीवार कारवाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले धादिङमा सञ्चालन भएको एलपीजी बोटलिङका प्लान्टहरू अनुगमन गर्दा गुणस्तरअनुरूप सञ्चालन नगरेको भेटिएकाले कारवाही गरेको बताए । विभागले उक्त एलपीजी बोटलिङ प्लान्टलाई कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।