मजदुर युनियनद्वारा महतलाई ज्ञापन पत्र (फोटोफिचर)
गुगलपाटी संवाददाता हेटौंडानेपाल बिजुली, पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन ले आज र्याली निकालेको छ । विश्वका मजदुर एक हौँ भन्ने नारा सहित मजदुर युनियनले हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतलाई ज्ञापन पत्र बुझाएका छन् ।
केन्द्रिय सदस्य राजु आचार्य , अध्यक्ष देबी दाहाल ,उपाध्यक्ष प्रताप राई, सचिब प्रल्हाद राईको अगुवाइमा र्याली सहितका मजदुहरु आफ्ना माग पुरा गर्नुपर्ने मागका साथ हेटौडा उपमहानगरपालिका पुगेका थिए ।
२०५४ साल देखि निरन्तर सामाजिक सुरक्षाको माग उठाउँदै आउँदा यस नगरले कुनै वास्ता नगरेको, संविधानले दिएको अधिकारको प्रयोग गर्न पाउनु पर्ने, मजदुरका निम्ति सुरक्षा हुनु पर्ने माग सहित २ बुदें ज्ञापन पत्र बुझाउनु परेकोे अध्यक्ष दाहालले जानकारी दिनुभयो ।
पटक पटक आवाज उठाउँदा पनि सुनुवाई नभएका कारण फेरी ज्ञापन पत्र बुझाएको हो । अब सुनुवाई नभए आन्दोलनमा समेत उत्रने अध्यक्ष दाहालले बताएका छन् ।
ज्ञापन पत्र बुझ्दै सरकारबाट अनुमति प्राप्त भए अनुसार व्यवसायी हरुका निम्ति पूर्ण रुपले सक्दो काम गर्ने मेयर हरि बहादुर महतले विश्वास दिलाएका थिए ।