बागमती गोल्डकपको उपाधि सरस्वती क्लबलाई
गुगलपाटी संवाददाताहेटौंडा– दोस्रो राष्टिय बागमती गोल्डकप फुटबल प्रतियोगिता–२०७५ को उपाधि
सरस्वती युवा क्लब काठमाडौंले जितेको छ ।
मकवानपुरको बागमती गाउँपालिकास्थित फापरबारी बजारको जनता मावि खेल मैदानमा भएको प्रतियोगिताको फाइनलमा विभागीय टोली नेपाल आर्मीको चुनौती टाइब्रेकरमा ४(३ गोलअन्तरले पन्छाउँदै सरस्वती प्रतियोगिताको उपाधि जित्न सफल भएको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि नतिजाका लागि टाइब्रेकरको सहारा लिइएको थियो ।
टाइब्रेकरमा सरस्वतीका गोलरक्षक प्रदीप भण्डारीले आर्मीको दुईवटा प्रहार रोक्दै म्यान अफ दी म्याचको उपाधि समेत जित्न सफल भए । सरस्वतीका तर्फबाट टाइब्रेकरमा विदेशी खेलाडी भिक्टर, रमेश घिसिङ, तीर्थ बस्नेत र सविन खड्काले गोल गरे । सरस्वतीका सुशील श्रेष्ठको प्रहार आर्मीका गोलरक्षकले बचाएका थिए । आर्मीका तर्फबाट सन्तोष केसी, आशिष शाक्य र युवराज शाहीले गोल गरे । आर्मीका राजु आले र रुपेश खत्रीलेका प्रहार सरस्वतीका गोलरक्षकले बचाए ।
खेलमा अग्रता भने आर्मीले लिएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । आर्मीका लागि युवराज शाहीले ५८ औं मिनेटमा गोल गरे । सरस्वतीका तर्फबाट विदेशी खेलाडी फ्रेञ्चेजले ६० औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
प्रतियोगिताको विजेता सरस्वतीले नगद तीनलाख रुपियाँ तथा उपविजेता आर्मीले दुईलाख रुपियाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । उनीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पा तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा सरस्वतीका प्रदीप भण्डारी उत्कृष्ट गोलरक्षक तथा सरस्वतीका विदेशी खेलाडी सोला उत्कृष्ट डिफेन्डर, आर्मीका भगवान श्रेष्ठ उत्कृष्ट मिडफिल्डर, तथा विक्रम विसांखे उत्कृष्ट फरवार्ड र सरस्वतीका प्रदीप नेपाल उत्कृष्ट प्रशिक्षक घोषित भए । उनीहरुले नगद दश÷दशहजार रुपियाँ प्राप्त गरे । सरस्वतीका राजकुमार घिसिङ सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद २५ हजार रुपियाँ प्राप्त गरे ।
माघ २ गतेबाट सुरु भएको प्रतियोगिता ए डिभिजनसहित दश टोलीको सहभागिता रहेको थियो । बागमती गाउँपालिका खेलुकद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको समापन समारोहमा समिति अध्यक्ष अरुण बलको सभाध्यक्षता रहेको थियो ।