डा. केसीको जिवन रक्षाका लागि चिकित्सकहरुको भेला हुने

गुगलपाटी संवाददाता काठमाडौ
१३ माघ २०७५ ०८:१८

१९ दिनदेखि अनसनरत डा. गोबिन्द केसीको जीवनरक्षाका लागि उपत्यकाका चिकित्सकहरु शिक्षण अस्पताल महाराजगञ्जमा भेला हुने भएको छ। नेपाल चिकित्सक संघले आइतबार दिउँसो १ बजेका लागि भेला बोलाएको हो। चिकित्सा क्षेत्रको सुधारको लागी डा. केसीको अनसन अझै पनि जारी रहेको छ ।