हेर्नुस धुर्मुस र मुख्यमंत्री पौडेल कहाँ पुगे
गुगलपाटी संवाददाता मकवानपुरमकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ६ मा रहेको केन्द्रीय खेलकुद प्रतिष्ठानमा क्रिकेट मैदान बनाउने उदेश्यले बुधबार मुख्यमन्त्री डोरमणी पौडेल तथा धुर्मुुस सुन्तली फाउण्डेसनका सिताराम कट्टेल (धुर्मुस) सहितको टोलीले अबलोकन गरेकाछन् ।
मुख्यमन्त्री डोरमणी पौडेलले क्रिकेट रंगशाला निर्माणको लागि निकै चासो ब्यक्त गरेको अवस्थामा धुर्मुसको सहितको टोलिले उक्त क्षेत्रमा अजलोकन गरेको हो ।
अवलोकनपछि मूख्यमन्त्री पौडेलले आफुहरु यो रंगशालालाई खेलकुद पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने अभियानमा लागेकोले धुर्मुस टोलीले बनाउन लागेको क्रिकेट रंगशालालाई जग्गा उपलव्ध गराउन तयार रहेको बताए ।
२३ विगाह क्षेत्रफलमा फैलिएको रंगशालालाई प्रतिष्ठानको रुपमा विकास गरी सबै खाले विधाका खेलका प्रतियोगिता र अभ्यास संचालन गर्ने लक्ष्य सरकारले राखेर संरचनाहरु निर्माणाधिन छन् । गुरुयोजनामा क्रिकेट रंगशाला समेत रहेकाले धुर्मुसलाई जग्गा उपलव्ध कुनै कठिनाई नहुने जिल्ला खेलकुद विकास समितिले जनाएको छ । धुर्मुसले भने भौगोलिक हिसावले रंगशालाको जग्गा उपयुक्त रहेको भन्दै आईसिसीको मापदण्ड अनुसार प्राविधिक दृष्टिकोणले उपयुक्त देखिए काम अघि बढाउने बताए ।
अनुगमनमा धुर्मुसका भई कुमार कट्टेल, हास्य कलाकार मनोज गजुरेल सहितको टोली रहेको थियो ।