“टुर दि फापरबारी–२०१९” सफलता पुर्वक सम्पन्न
गुगलपाटी संवाददाता हेटौँडाहेटौँडा राईडर्स क्लबको आयोजनामा हेटौँडाबाट वागमती गाउँपालिकाको फापरबारीसम्म “टुर दि फापरबारी–२०१९” सफलतापूर्वक सम्पन्न भएको छ ।
मकवानपुरको पर्यटन पर्वद्धनमा हेटौँडा राईडर्स क्लबले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । साईकलबाट पर्यटन पर्वद्धन गर्नको लागि क्लबले मकवानपुरको पर्यटकीय क्षेत्रको भ्रमण तथा र्यालीको समेत आयोजना गर्ने गरेको छ ।
माघ ११ गतेबाट भएको साकइकल यात्र माघ १२ गते पुन हेटौँडामा आएर सम्पन्न भएको हो । करिब १ सयजनाको टोलीले साईक्लिङ मार्फत पुर्वी मकवानपुरको पर्यटनको प्रचार गरे । पुर्वी मकवानपुरको बकैया गाउँपालिका तथा वागमती गाउँपालिकाको अधिकांश पर्यटन क्षेत्रको भ्रमण गरेका उनीहरुले सामजिक सञ्जालबाट समेत उक्त क्षेत्रको पर्यटनको विषयमा राम्रो प्रचार गरे ।
११ गते फापरबारी पुगेका उनीहरुले त्यहाँ आयोजना भएको वागमती गोल्डकपको फाईनलमा एक ब्यक्तिलाई साईकल उपहार समेत दिए भने वागमतीको ऐतिँहासिक स्थलहरु तथा जनयुद्धको समयमा भिषण युद्ध भएको झुरझुरेमा समेत पुगेर युद्धको तस्बिर हेरे ।
यात्रको क्रममा टोलीले वागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान सहितको जनप्रतिनिधि टोली तथा वकैया गाउँपालिका अध्यक्ष दामोदर खनाल सहितको टोलीलाई भेटेर पर्यटन पर्वद्धनको विषयमा छलफल भएको क्लबका सदस्य विक्रम भारतीले बताए ।
मकवानपुरलाई साईक्लिङबाट देशभर चिनाउको लागि आफुहरु लागिपरेको समेत क्लबले जनाएको छ । मकवानपुरको हेटौँडालाई साईकल सिटि बनाउने अभियानमा आफुहरु लागिपरेको क्लबका संस्थापक अध्यक्ष दिपेन्द्रचन्द ठकुरीले बताए ।