स्थानीय पत्रपत्रिकाः ४५ महिनामा पनि बनेन आधा दर्जन चौकी, प्रहरीलाई टहराकै बास
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुख स्थान दिएक छन् ।
मकवानपुरमा भूकक्पपछि क्षति भएका आधा दर्जन चौकी नबन्दा प्रहरीलाई सास्ती परेको, हेटौंडा उद्योग निजी क्षेत्रलाई दिनेबारे मन्त्रालयमा अन्तिम छलफल हुँदै गरेको, मकवानपुरलाई सडक मानवमुक्त घोषणा गरिँदै, मकवानपुरमा एक् वर्षमा २८ हजार ३८ जना सुत्केरी भएकोलगायतका समाचार आजका दैनिक पत्रिकाले प्राथमिकताका साथ छापेका छन् ।
भूकम्पबाट पूर्णरुपमा क्षति भएका आधा दर्जन प्रहरी चौकी नबन्दा सेवा प्रवाहमा सकस भएको समाचार आजको साझाकुरा दैनिकमा छ । नागरिकलाई सुरक्षा दिन दुर्गम बस्तीमा खटिएका प्रहरीहरू प्रहरी चौकीको पुनर्निर्माण नहुँदा आफैं कष्टकर र असुरक्षित तवरले बस्न बाध्य छन् । भूकम्प गएको ४५ महिना बित्न लागिसक्दा पनि प्रहरी चौकीहरू पुनर्निर्माण नभएकाले त्रिपालमुनि बसेर सेवा प्रदान गरिरहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाका विभिन्न क्षेत्रमा रहेका १७ वटा प्रहरी चौकीका भवन भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसमध्ये ६ वटा प्रहरी चौकी पूर्ण रूपमा क्षतिग्रस्त बनाएको थियो भने ११ वटा चौकीमा आशिंक रूपमा क्षति पुगेको थियो । प्रहरीका अनुसार प्रहरी चौकी डाँडाखर्क, इप्रका ठिंगन, प्रहरी चौकी फाखेल र प्रहरी चौकी काँकडास्थित कान्द्राङको भूकम्पले पूर्ण क्षतिग्रस्त भएको छ ।
वैशाख २९ गतेको परकम्पनले प्रहरी चौकी चौघडा र प्रहरी चौकी सिमभञ्ज्याङ क्षतिग्रस्त बनाएको थियो । प्रहरी चौकी चौघडालगायत ६ वटा चौकीको मर्मत र पुनर्निर्माण भइसकेको छन् ।
हेनुहोस् आज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ