सोनाम ल्होसारमा बागमती गाउँपालिकाले दियो बिदा
गुगलपाटी संवाददाताहेटौंडा– मकवानपुरको बागमती गाउँपालिकाले तामाङ्ग समुदायको नयाँ बर्ष सोनाम ल्होसार पर्वको सार्वजनिक विदा दिएको छ ।
गाउँपालिका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा बसेको गाउँ कार्यपालिकाको बैठकले माघ २२ गते परेको २८५५ औं सोनाम ल्होसारमा विदा दिने निर्णय गरेको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पुडासैनीले सूचना प्रकाशित गर्दै गाउँपालिकाभित्र रहेको सबै सरकारी कार्यालय र विद्यालयहरु उक्त दिन बन्द रहने जनाएका छन् ।
बागमती गाउँपालिकामा करिब ६० प्रतिशत बढी तामाङ्ग समुदायको बसोबास रहेको छ । ल्होसार पर्वमा प्रदेश भरी नै विदा दिन प्रदेश तीनको सरकारलाई आग्रह गरिए पनि अहिलेसम्म उक्त निर्णय भने भएको छैन ।