स्थानीय पत्रपत्रिकाः ३ नम्बर प्रदेशसभाको एकवर्ष, यस्ता भए काम
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाले ३ नम्बर प्रदेशसभाको एक वर्ष पूरा भएको, ४१ व्र्षपछि ६ किलोमिटर बाटो बनेको, मुख्यमन्त्रीले उद्घाटन गरेको, सिञ्चाई विकासको लागि नयाँ गरुयोजना बनाइदै गरेकोलगायतका समाचारलाई प्राथमिकताका साथ छापेका छन् ।
७ प्रदेशसहितको संघीयता कार्यान्वयन गर्ने गरी मुलुकको पुर्नसंरचनापछि प्रदेशसभाको पहिलो बैठक ३ नम्बर प्रदेशको राजधानी हेटौंडामा २०७४ माघ १८ गते बस्यो । ३ नम्बर प्रदेशसभाको पहलिो बैठक बसेको आज एक वर्ष पुगेको छ ।
सरकारले दिएको बिजनेशको आधारमा एक वर्षको अवधिमा २४ वटा कानुन बनेको छ । एक ८० वटा बैठक बसेको प्रदेशसभामा २८ विधेयक दर्ता भए । प्राथमिकतामा राखिएको २८ वटा कानुनमध्ये हालसम्म् २४ वटा मात्र तयार भएको छ ।
स्थायी राजधानी निधारण र नामाकरणमा भने अझै अन्यौलमा छ । एकवर्षको अवधिमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि एक वर्ष सकारात्मक बितेको बताएको छ । आजको समृद्ध समाज दैनिकमा अमृत चिमरियाले समाचार लेखेका छन् ।
हेर्नुहोस् आज हेटौंडाका ४ पत्रिकाको पहिलो पृष्ठ