उद्योग वाणिज्यमहासंघ र प्रदेश तीन सरकार बिच सम्झौता

गुगलपाटी संवाददाता हेटौंडा
१८ माघ २०७५ ०९:३४

आज प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढकाल तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानीराणबिच सम्झौता आदानप्रदान गरको छ ।

प्रदेश नंबर ३ सरकार र नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्रबिच सार्वजनिक निजी साझेदारी प्रारुप कार्यक्रम सहकार्य गर्नेगरि आज सम्झौता गरिएको हो ।

सम्झौतापछि बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले आफुलाई पब्लीक, प्राईभेट, पार्टनरसिप अवधारणामा काम गर्न निकै सहज हुने भन्दै लगानीको लागि प्रदेश नंबर ३ सरकारले सहज वातावरण बनाउने बताए ।

प्रदेश नंबर ३ सरकार उद्योग वाणिज्यसंघले सहकार्य गरेर काम गर्न तयार भएको बताए ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढकालले प्रदेश नंबर ३ सरकारले प्राईभेट क्षेत्रलाई स्वागत गर्ने बताए ।

आफुहरु उद्योग वाणिज्य महासंघसँग कृषि, पर्यटनको लागि मात्र नभएर धेरै अन्य क्षेत्रमा पनि सहकार्य गर्न तयार उनको भनाई थियो ।

मुख्यमन्त्रीको कार्यालयमा भएको कायक्रमबिच सम्झौता भएको हो ।

सम्झौतापछि बोल्दै महासंघकी केन्द्रीय अध्यक्ष राणाले प्रदेश नंबर तीन सरकारसँग कृषि तथा पर्यटनको क्षेत्रमा सहकार्य गरेर काम गर्न आफुहरु तयार रहेको बाईन् ।

उद्योग वाणिज्य संघले कृषि तथा पर्यटन माध्यमलाई महत्वको साथमा हेरेको भन्दै प्रदेश तीन सरकारले यसलाई महत्वको साथमा हेर्नेमा आफु विश्वस्त रहेको बताईन् ।