कैलाशको बैकुण्ठमा साहित्यिक जमघट (हेर्नुहास् ५ फोटो)

गुगलपाटी संवाददाता
२० माघ २०७५ ०४:३६

हेटौंडा– प्रगतिशील लेखक संघ मकवानपुरको गाउँ जागरण अभियानअन्र्गत शनिबार मकवानपुरको कैलाश गाउँपालिका–२ बैकुण्ठमा साहित्यिक जमघट गरेको छ । कैलाशको बैकुण्ठको ऐतिहासिक तथा पर्यटकीय स्थलको भ्रमणपछि स्थलगत कवितासमेत लेखन गरिएको थियो ।

गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तानको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश तीनका प्रदेशसभा सदस्य ओमबहादुर घलानको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा हेटौंडाबाट गएका साहित्यकारहरुले कैलाश गाउँपालिकाको बस्तुस्थित अध्ययन गरी स्थलगत कविता रचना तथा वचन गरेको प्रगतिशिल लेखक संघका कार्यबाहक अध्यक्ष सिएम रिमालले जानकारी दिए ।

कार्यक्रममा रमेश मोहन अधिकारी, अनिता न्यौपाने, केशव समर्पण, मसान उपासक, सिएम रिमाल, अनिशा पुडासैनी, अनिश न्यौपाने भावना, बगेकी गंगा, जनार्दन खनाल, सानुभाई विकलगायतले रचना वाचन गरेका थिए । गाउँपालिकाले यस्तो गतिविधिलाई प्राथमिकता दिने बताउँदै अध्यक्ष मुक्तानले होमस्टेको स्थापान गरी पर्यटन प्रवद्र्धन गरिने बताए ।

कार्यक्रममा सांसद घलानको ‘नलेखिएका गाथाहरु’ पुस्तक पनि विमोचन भएको छ । उनको संस्मरणात्मक कृति माथी समालोचक माधव घिमिरे ‘अटल’ ले समीक्षा गरेका थिए । कार्यक्रममा उन्मुक्त पुस्ता आन्दोलनका अभियन्ता तथा कवि मुक्तान थेवाको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रममा कैलाश गाउँपालिका वडा नम्बर २ का अध्यक्ष राजेन्द्र घिसिङ, राक्सिराङ गाउँपालिका अध्यक्ष राजकुमार मल्ललगायतको उपस्थिति रहेको थियो ।