१५ दिने अल्लोको जुत्ता बनाउने तालिम सञ्चालन
गुगलपाटी संवाददाता हेटौंडामकवानपुर उद्योग वाणिज्य संघ र महिला उद्यमी विकास समितिको आयोजनामा १५ दिने अल्लोको जुत्ता बनाउने तालिम सञ्चालन भएको छ ।
आईतबार संघका अध्यक्ष कृष्ण कटुवालको प्रमुख आतिथ्यतामा आयोजनामा १५ दिने अल्लोको जुत्ता बनाउने तालिम उद्घाटन भएको हो ।
अध्यक्ष कटुवालले संघले महिला उद्यमीहरुलाई विगतमा विभिन्न किसिमका तालिमहरु दिदै आई रहेको भएता पनि व्यावसायीक हुन नसकेकोले यस पटकको तालिम व्यवसायीक बनोस संघबाट गर्नुपर्ने सहयोग रहने बताए ।
कार्यक्रम संघका पुर्व सभापति सरिदि श्रेष्ठको सभाध्यक्षमा भएको कार्यक्रममा तालिमको प्रशिक्षक अकल पहली, उद्यमी विकास समितिकी सदस्य सिता भेटवाल, सचिव तथा प्रवक्ता काब्यमणी अधिकारी, सचिव विष्णु गोपाल महर्जन, सदस्य तथा सभापति महिला उद्यमी विकास समितिकी निलम वैद्य, प्रतिमा श्रेष्ठ, संघका सल्लाहकार नरोत्तम दाहाललगायत समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।