सरकारविरुद्ध हेटौंडामा काँग्रेसको प्रदर्शन, जिम्मेवार प्रतिपक्षलाई कमजोर नठान्न चेतावनी
गुगलपाटी संवाददाताहेटौंडा– दुई तिहाई बहुमत प्राप्त सरकारले अधिनायकवादी शैली प्रस्तुत गरेको भन्दै त्यसको विरोधमा नेपाली काँग्रेसले सोमबार हेटौंडामा वृहत विरोध प्रर्दशन तथा सभा गरेको छ । देशभरको राखिएको कार्यक्रम अन्तर्गत नेपाली काँग्रेस जिल्ला समितिको आयोजनामा भएको विरोध ¥याली तथा कोणसभामा हजारौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।
हेटौंडाको चार स्थानबाट छुट्टाछुट्टै निकालिएको ¥याली हेटौंडाको सीमाचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध सभामा बोल्दै नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा नेपाली काँग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक पुष्पा भुषालले वर्तमान सरकारको कडा शब्दमा आलोचना गरिन् । दुई तिहाई बहुमत प्राप्त सरकारले समाजवादको नाममा अधिनायकवाद लाद्न खोजेको उनको आरोप थियो ।
समाजवादले आर्थिक समृद्धिको परिकल्पना गर्नुपर्नेमा दुई तिहाईको दम्भमा संसदीय मर्यादाको उल्ल.घन गर्न तललीन रहेको उनको भनाइ थियो । संवैधानिक सर्वोच्चता र संसदीय सर्वोच्चतालाई स्वीकार नगरी सरकारले लोकतन्त्र कमजोर बनाउँदै लगेको भन्दै भुषालले काँग्रेसले त्यसविरुद्ध जस्तोसुकै आन्दोलन गर्ने उनले चेतावनी दिइन् । सरकारले भ्रष्टाचार र दण्डहीनतालाई प्रश्रय दिएको उनको आरोप थियो ।
बलात्कारी, भ्रष्टाचारी, अपराधी खुलेआम हिँडिरहेको भन्दै मुलुकमा न्याय मरेको भान भएको उनको भनाइ थियो । ‘अपराधीले कानुन, राज्य र सरकारको डर मान्न छाडेको छ, अब देश कतातिर जाँदैछ, सरकार आफैं किन उदण्ड छ ?’ उनले प्रश्न गरिन् ।
नेपालमा संविधान निर्माण, लोकतन्त्र स्थापना, शान्ति स्थापना, प्रजातन्त्रको पुनस्र्थापनमा महत्वपूर्ण योगदान गरेका काँग्रस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेको अस्पताल खारेज गर्न खोजेर सरकारले इतिहास मेटाउन खोजेको पनि भुषालको भनाइ थियो । गोविन्द केसीसाग गरिएको सम्झौताको पालना नगरी त्यसविरुद्ध विधेयक ल्याइएको भन्दै उनले आपति जनाइन् । सत्याग्रहमा बसेका गोविन्द केसीलाई बेवास्ता गर्दै प्रधानमन्त्रीले पटक पटक गैरजिम्मेवार अभिव्यक्ति दिएर लोकतन्त्र र मानव अधिकारको खिल्ली उडाएको भुषालको भनाइ थियो ।
काँग्रेस नेतृत्वको सरकारले तोकेको प्रदेशको अस्थायी राजधानीलाई नै स्थायी गरिनुपर्नेमा उनको जोड थियो । ३ नम्बर प्रदेशको राजधानी हेटौंडाबाट अन्यत्र सारिए काँग्रेसले सडक र सदनबाट विरोध चर्काउने उनको चेतावनी थियो ।
कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् प्रदेश नम्बर ३ का काँग्रेस संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँले दुई तिहाईको आडमा काँग्रेससँग पौठाजोरी खोजे कम्युनिष्ट सकिने चेतावनी दिए । ‘हिजो राणा फालियो, राजतन्त्र फालियो अब यस्तै अधिनायकवाद शैलीमा पौंठाजोरी खेलिरहे काँग्रेसले कम्युनिष्ट पनि सक्किन्छ ।’ बानियाँले भने । जनताको जगबाट स्थापित एक मात्र पार्टी काँग्रेस भएको भन्दै उनले जनताको अधिकार स्थापनामा कााग्रेस निरन्तर लागिरहने प्रतिवद्धता जनाए । संसदीय मर्यादाको पालना, लोकतन्त्रप्रति काँग्रेसले देखाएको समर्पणलाई कमजोरी नठान्न उनले कम्युनिष्टहरु चेतावनी दिए ।
काँग्रेसले विरोधसभाअघि हेटौंडाको चार किल्लाबाट एकसाथ बिरोध प्रदर्शन गरेको थियो । हेटौंडाको पूवी क्षेत्र सानोपोखरा, पश्चिम क्षेत्र जिल्ला प्रहरी कार्यालय अघि, उत्तरी क्षेत्र भीमफेदी बसपार्क र दक्षिणी क्षेत्र वन विज्ञान अध्ययन संस्थान अघिबाट एकसाथ निस्किएको विरोध ¥याली सीमाचोकमा पुगी विरोधसभामा परिणत भएको थियो । साथै डा. गोविन्द केसीको माग पूरा गरिनुपर्ने, निर्मला पन्तको हत्यारा पत्ता लगाउनुपर्ने, महङ्गी नियन्त्रण, कर वृद्धि फिर्ता, प्रदेश राजधानी हेटौंडालाई स्थायी बनाइनुपर्नेलगायत मागसहितको प्लेकार्ड बोकेर काँग्रेस नेता कार्यकर्ता सडकमा ओर्लिएका थिए ।