स्थानीय पत्रपत्रिकाः दिउँसै गायब हुन थाले एम्बुलेन्स
गुगलपाटी संवाददाताहेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले आज फरक फरक विषयलाई पहिलो प्राथमिकताका साथ छापेका छन् ।
यातायात क्षेत्रमा अझै सिन्डिकेट कायम रहेको ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाइ, प्रहरीले ७० वर्षका वृद्धलाई गाँजासहित पक्राउ गरेको, बालबिवाह रोक्न बिवाह कार्डमै बालबिवाहबारे सचेतना सन्देश छाप्न सुरु गरेकोलगायतका प्रसङ्गलाई आजका पत्रपत्रिकाले पहिलो प्राथमिकतामा छापेका छन् ।
त्यस्तै गरी हेटांैंडामा दिउँसै एम्बुलेन्स गायब हुने गरेको समाचार पनि छापिएको छ । आजको हेटौंडा सन्देशले चौबिसै घण्टा विरामीको सेवामा हुनुपर्ने एम्बुलेन्सहरु हिजोआज हेटौंडामा दिउँसोको समयमा नै पाइन छाडेको समाचार छापेको छ ।
रातको समयमा एम्बुलेन्स सेवा पाउन पनि मुस्किल हुँदै गएको छ । माघ १४ गते अपरान्ह चार बजेदेखि राती ७ बजेसम्म हेटौंडाबाट काठमाडौं बिरामी लैजान एम्बुलेन्स खोज्दा नपाएपछि बाध्य भएर अमलेखगञ्जबाट एम्बुलेन्स बोलाउनुपरेको हेटौंडा–१ का विकेशलाल श्रेष्ठले बताए ।
मकवानपुरमा हाल ३६ वटा एम्बुलेन्स जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता भएर सञ्चालनमा छन् । रातको समयमा एम्बुलेन्स चाहिए चालकले विभिन्न बहाना बनाएर पन्छिने गरेको गुनासो पनि छ । मानवी बानियाँले यो समाचार लेखेकी छन् ।
हेर्नुहोस् हेटौंडाबाट प्रकाशित दैनिक पत्रिकाको पहिलो पृष्ठ