१ करोड २१ लाखको लागतमा डिप ट्यूवेल खानेपानी संचालन

गुगलपाटी संवाददाता हेटौंडा
२४ माघ २०७५ ०९:२०

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १७ राईटोलमा आजबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले नयाँ निर्माण खानेपानी संचालनमा ल्याएको छ । नयाँ निर्माण भएको डिप ट्यूवेलबाट उत्पादित खानेपानी आज विहिवारबाट सञ्चालनमा ल्याएको हो ।

हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यता तथा हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाईको विशिष्ठ अतिथ्यता रहेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताब बिष्टको सभादक्ष्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल, खानेपानी व्यवस्थापन बोर्डका सदस्य इन्द्र प्रसाद नेपाल, हेटौंडा–१७ का सदस्य टिका प्रसाद तिमल्सिना, पत्रकार महासंग जिल्ला शाखा मकवानपुरका अध्यक्ष हरि हुमागाई, हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका कार्यालय प्रमुख सुदर्शन ढकाल, हेटौंडा–८ का खानेपानी उपभोक्त समितिका सदस्य हरि वाग्ले, चुच्चेखोला सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष रण बहादुर श्रेष्ठ, विभिन्न टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, संचार माध्यमका प्रतिनिधि, खानेपानी व्यवस्थापन बोर्डका कर्मचारीहरु र स्थानिय खानेपानी उपभोक्ताहरुको उपस्थिति रहेको थियो ।

३८ लाख ४० हजारमा डिप बोरिङ्ग, ५४ लाख ६५ हजारको लागतमा पाइपलाइन विस्तार, ९ लाख ६९ हजार को लागतमा भवन निर्माण, ११ लाख ३९ हजारको लागतमा विद्युत लाइन जडान र ७ लाख २१ हजारको लागतमा अन्य फिटिङ्ग सामाग्रीहरु जडान गरी कुल १ करोड २१ लाख १७ हजारको लागतमा डिप ट्यूवेल संचालनमा ल्याएको हो ।

टेण्डर प्रकृया मार्फत डिप बोरिङ्ग भिमेश्वर डिलिङ्ग उद्योग वुटवल र पाइप लाइन खरिद तथा विस्तारको कार्य सगुन कन्स्ट्रक्सन रुपन्देहीले गरेको हो । उक्त नयाँ निर्माण भएको डिप बोरिङ्गबाट दैनिक १२ लाख लिटर उत्पादन हुने भएता पनि बोर्डले दैनिक ४ लाख लिटर पानी वितरण गर्ने भएको छ उत्पादित पानी हेटौंडा वडा नं. ६ को चुच्चेखोला, शान्ती टोल, चौघडा बजार, बारुते, कुमलटार र हेटौंडा वडा नंं. १७ को राइटोल, गैरी गाउँ इत्यादी क्षेत्रहरुमा वितरण गरिनेछ, ५०० घर धुरिहरु प्रत्यक्ष लाभान्वित हुने तत्काल २०० वटा नयाँ धारा उक्त क्षेहरुमा जडान हुने बोर्डले जनाएको छ ।

हाल बोर्डले बोर्डको सेवा क्षेत्र भित्र वडा नं. ३, ११, १२, १३, १८ र १९ नं.वडा बाहेक अन्य वडाहरुमा १६५३१ वटा धाराबाट १ लाख चौध हजार नगर बासिहरुलाई खानेपानी वितरण गर्दे आइरहेको छ । नयाँ थपिएको डिप ट्यूवेल संग बोर्डले दैनिक १ करोड ४० लाख लिटर खानेपानी सेवा क्षेत्र भित्र वितरण गर्ने भएको छ ।