च्याउ डिप्रेशनको उपचारको लागि लाभदायक
गुगलपाटी संवाददाता एजेन्सीबेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धानकर्ताद्वारा गरिएको एउटा अनुसन्धान अनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।
सिलोकाइबिन च्याउ डिप्रेसनले प्रभावित व्यक्तिको मस्तिष्कको मुख्य तन्त्रको कार्य प्रणालीलाई पुनस् सक्रिय तुल्याउन सक्षम हुने उक्त अनुसन्धानमा उल्लेख छ ।
अध्ययनअन्तर्गत डिप्रेसनग्रस्त केही बिरामीको उपचार सिलोकाइबिन ९एउटा मनोसक्रिय पदार्थ, जुन च्याउमा पाइन्छ० बाट गरे । अनुसन्धानमा ती बिरामी सामेल थिए। जसको रोग पारम्पारिक उपचारका माध्यमले निको पार्न सम्भव भएको थिएन । अनुसन्धानअनुसार, उपचार गरिएको केही साता पछि सिलोकाइबिन लिने रोगीमा रोगको लक्षणमा कमी देखिन थाल्यो ।