चितवनलाई आर्थिक जोन वनाउन सकिन्छःमुख्यमंत्री पौडेल

शान्ता अधिकारी भरतपुर,चैत, २३
२३ चैत्र २०७४ १२:३७

प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलले चितवनलाई औघोगिक करिडोर बनाउने बताउनु भएको छ । शुक्रबारदेखि शुरु भएको पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले यस्तो कुरा बताउनु भएको हो । चितवन हरेक हिसावले अग्रणी रहेको भन्दै चितवन र मकवानपुरलाई जोडेर अबको पाँच वर्षमा औघौगीक करिडोर बनाउने बताउनु भयो । आत्मविश्वास र इच्छा शक्ति भएको खण्डमा जुनसुकै काम पनि गर्न सकिने बताउनु मुख्यमन्त्रि पौडेलको जोड थियो ।
चितवनलाई समृद्ध बनाउने धेरै बाटा भएको भन्दै ठोस योजनाका साथ अगाडी बढ्नु पर्ने बताउनु भयो । मुख्य मन्त्री पौडेलले औद्योगिकीक करिडोर बनाउन उद्योगी व्यवसायीहरुसँग छलफल गरी प्रदेश सरकारले उपयुक्त नीति निर्माण गर्ने पनि बताउनु भयो । पोल्ट्रीमा चितवन आत्मनिर्भर रहेको भन्दै कृषि, पर्यटन, शिक्षा, मेडिकल कुन क्षेत्रमा चितवनलाई हब बनाउन सकिने बताउनु भयो । यी सबै क्षेत्रमा चितवनको संभावना रहेको उल्लेख गर्दै मकवानपुर र चितवन जिल्लालाई मिलाएर आर्थिक जोन निर्माण गर्ने कुरामा प्रदेश सरकारको सहयोग रहने कुरा बताउनु भयो । औद्योगिक प्रदर्शनीले नयाँ उद्योग स्थापना र उत्पादित वस्तुहरुलाई बजारसम्म पुर्याउन सहयोग गर्ने कुरामा मुख्य मन्त्री पौडेलले जोड दिनु भएको थियो । साथै देवघाटलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा आफु लागि परेको भन्दै प्रदेश नम्बर तिनका हरेक जिल्लालाई कुनै न कुनै रुपमा बिकास गरिने बताउनु भयो ।
कार्यक्रममा प्रदेश नम्बर ३ का उद्योग मन्त्री अरुण नेपालले उद्योगमा लगानी गर्न उघोगी व्यवसायीहरुलाई आग्रह गर्नुभयो । भोतिक पुर्वाधार, उर्जा, विद्युत, पानी र सुरक्षाको ग्यारेन्टी सरकारले लिने समेत मन्त्री नेपालले बताउनु भयो । पोल्ट्रीको राजधानी चितवनमा यस्तो औद्योगिक प्रदर्शनीले अझै आर्थिक गतिविधि अघि बढाउन सहयोग पुग्ने बताउनु भयो । आर्थिक समृद्धीका लागि सबै जना एक ढिक्का भएर लाग्नु पर्ने कुरामा उहाँले जोड दिनु भएको थियो । त्यसैगरी उद्योग परिषघ ३ नम्बर प्रदेश संयोजक ऋषिराम घिमिरेले चितवन र मकबानपुर मिलेर अगाडी बढ्न आवश्यक रहेको बताउनु भयो । औद्योगिक नीति लागुु गन सकेको खण्डमा करिब दश लाख व्यक्तिले रोजागरी पाउने भन्दै नीति कार्यान्वयनमा सबै उद्योगीहरु लाग्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा भूमि व्यवस्था तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मन्त्री कैलाश ढुंगल, प्रदेश सांसदहरु कञ्चन खनाल, गीता वाग्ले, बलराम पौडेल, पार्वती सिलवाल, मिलनबाबु श्रेष्ठ, रिना गुरुङ, विजय सुवेदी र घनश्याम दाहाल लगायतको उपस्थिती रहेको थियो । नेकपा एमाले चितवनका सहसचिव सूर्यबन्दना हमाल, नेपाली काँग्रेसका जिल्ला सभापति जितनारायण श्रेष्ठ, माओवादी केन्द्रका प्रतिनिधि द्रोण सिवाकोटी, नेपाल पोल्ट्र व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्ट, नेपाल उद्योग परिसंघ ३ नम्बर प्रदेशका संयोजक ऋषिराम घिमिरे, उद्योग संघका पूर्व अध्यक्ष बामदेव खनाल, उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधान लगायतकाले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम उद्घाटन समारोह चितवन उद्योग संघका अध्यक्ष भेषराज दवाडीको सभापतित्वमा सम्पन्न भएको हो ।
दिगो आर्थिक विकास लागि औद्योगिक प्रबद्र्धन भन्ने मूल नारा सहित आयोजित पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ यही चैत २७ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा २ सय औद्योगिक प्रतिष्ठानका स्टल रहेका छन् । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रबद्र्धधन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवद्र्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहने आयोजकले जानकारी दिएको छ । प्रर्दशनीमा झण्डै १ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको उद्योग संघ चितवनका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक भेषराज दवाडीले जानकारी दिनु भयो