मगर संघ मकवानपुरको अधिवेशनको तयारी पूरा

गुगलपाटी संवाददाता
१ फाल्गुन २०७५ ०१:०८

हेटौंडा– नेपाल मगर संघ मकवानपुरको १२ औं जिल्ला अधिवेशनको तयारी पूरा भएधको छ । फागुन २ र ३ गते अधिवेशन हुने बताइएको छ ।

प्रथम शहीद लखन थापा मगरको १४२ औं स्मृति दिवस तथा नेपाल मगर सघंको १२ औं जिल्ला सम्मेलन हेटौंडामा हुने मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।

हेटौंडा २ स्थित वनस्खण्डीमा हुने कार्यक्रममा १ हजार जनाको सहभागिता रहने आयोजकले बताएको छ । नेपाल मगर सघंका केन्द्रीय अध्यक्ष नवीन रोक्काको प्रमुख आतिथ्यता रहने जिल्ला अध्यक्ष शंकर थापा मगरले दिए ।

सघंका जिल्ला उपाध्यक्ष होम बहादुर रानाको अध्यक्षता भएको पत्रकार सम्मेलनमा जिल्ला सल्लाहाकार कुश थापा मगर, बेलि दर्लामी मगर लगाएतको उपस्थिती रहेको थियो ।