सहिदहरुको सपनामाथि होलि खेलिरहेको प्रचण्डको आरोप
गुगलपाटी संवाददाता काठमाडौंनेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपांं) का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ।
सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाइन ।
उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढि जनयुद्धका सहिदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरिन्। उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दावी पनि गरिन्।
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा र्यालीसहितको प्रर्दशन गरेको हो। प्रर्दशनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए।नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्धको नेतृत्व गरेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले सहिदहरुको सपनामाथि होलि खेलिरहेको आरोप लगाएको छ।
सहिद दिवसको अवसर पारेर बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य भृकुटी उपाध्यायले जनयुद्ध सुरु गर्दाको उद्देश्य, सहिदहरुको बलिदान र नेपाली जनताको त्याग र समर्पणमाथि दाहालले तुषारापात गरिरहेको आरोप लगाइन्।
उनले संसदीय राजनीतिको फोहोरी खेलविरुद्ध सुरु गरिएको जनयुद्धलाई धोका दिनेहरुले १५ हजारभन्दा बढि जनयुद्धका सहिदहरुको अपमान गरेको दावी गर्दै त्यसका विरुद्ध आन्दोलनमा आउन पनि सबैलाई आह्वान गरिन्। उपाध्यायले जनताको जनवादी व्यवस्था ल्याउने उद्देश्यका साथ पार्टीले जनवादी आन्दोलनको सुरु गर्नु परेको दावी पनि गरिन्।
चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा र्यालीसहितको प्रर्दशन गरेको हो। प्रर्दशनमा सहभागी भएकाहरुले जनताको शासन व्यवस्था स्थापनाका लागि पार्टीको अभियानमा साथ दिन अपिल गर्दै नाराबाजी गरेका थिए।