शौचालय सफा गरेर गिरीले प्रशासनलाई दिए चुनौंती
गुगलपाटी संवाददाता हेटौंडाहेटौंडाको सरकारी अस्पतालका शौचालय तथा सरसफाइ नभएका कारण बिरामी झन् बिरामी हुनुपर्ने अवस्था छ। सरकारी अस्पतालका शौचालय यति दुर्गन्धित छन् कि जसको असरले सामान्य मानिससमेत अस्पतालमा बस्न नसक्ने हुन्छन् ।
उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो र त्यसका लागि सरसफाइमा विशेष ध्यान दिन सुझाव दिने गरिन्छ। त्यस्तो सन्देश चिकित्सकको सल्लाहअनुसार नै आउने गर्दछ तर तिनै चिकित्सकको कार्यकक्षका शौचालय देख्दा सद्धे मान्छे नै बिरामी हुने अवस्था छ।
पछिल्लो समय हेटौंडाका सरकारी अस्पताल फोहोर भयो भनेर दजर्नौ पटक स्थानिय संञ्चार माध्यामले प्रमुख समाचार बनाईसकेका छन् तर एसको प्रभाव भने पर्न सकेको छ्रन ।
अस्पतालको र्दुदशा देखेर आज हेटौंडाका एक युवा एवम् तरुण दल नगर सभापती सुनिल गिरीले शौचालय सफा गरेर प्रशासनलाई चुनौंती दिए ।
गिरीले आफुले आफ्नो जिल्लाको सरकारी अस्पतालको र्दुदशा हेरेर बस्न नसकेको कारण सरसफाई गरेको बताए ।
उता सरकारी अस्पतालमा सफाइको चेतना नभएका बिरामी धेरै आउने हुनाले पनि शौचालय फोहोर हुने गरेकोर अस्पताल प्रशासनले रेडीमेमेट जवाफ दिने गरेका छन् ।
अस्पतालका व्यावास्थापन समितीका अध्यक्षलाई पटक पटक जानकारी गराउदा पनि कुनै ठोस निर्णय नआएछि आज विहानै देखि आफुले सफाई गरेको तरुण दल नगर सभापती सुनिल गिरीले जानकारी दिए ।
हाल भने अध्यक्ष पौडेलले यो अस्पताल तपाई हाम्रै हो तपाई हामी सबै मिलेर सफा गर्नुभयो भन्दै प्रसंशा गरेको गिरीले बताए ।
अस्पतालमा चेक जाँच गर्न जादाँ ओपीडीमा रहेको शैचालय करिव दूईहप्ता देखि सफाई नगरेकोले अस्पताल दुर्गन्धित भएको देखेपछि आफुले सफाई गरेको उनको भनाई छ ।