प्रजातन्त्र दिवसको अवसरमा सरकारी कार्यलयको सरसफाई
गुगलपाटी संवाददाता चितवनप्रजातन्त्र दिवसका अवसरमा सरकारीस्तरबाट गठित समितिका अध्यक्ष एवं जिल्ला समन्वय समितिले समपुर्ण कार्यलयको सफाई गरेका छन् ।
सबै सरकारी कार्यालयमा प्रमुखसहितका कर्मचारीले सरसफाइ गरेको गठित समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।
सरकारी कार्यालय परिसरमा फोहोर बढेको कारणले गर्दा आफ्नो कार्यालयको सरसफाइ गर्नुपर्छ भन्ने सन्देश दिनका लागि कार्यालय सफा गरिएको जनाएकाके छ ।
प्रमुख जिल्लाअधिकारी जीतेन्द्र बस्नेतले जिल्लाका सबै सरकारी कार्यालय यस दिवसको अवसर पारी सफा गरिएको बताए ।
उनका अनुसार जिल्लामा संस्थानसहित १०८ सरकारी कार्यालय छन् । आइतबार सम्पुर्ण कार्यालय प्रमुखहरूको बैठकमा आज सबै कार्यालयमा सरसफाइ गर्न निर्देशन दिइएको थियो ।
प्रजातन्त्र दिवसकै अवसरमा मङ्गलबार बिहान प्रभातफेरी र रक्तदानको कार्यक्रम पनि गरिने जनाएको छ ।