स्थानीय पत्रपत्रिकाः युरेनियम खानीको संरक्षणमा जुट्यो बकैया गाउँपालिका
गुगलपाटी संवाददाताआज हेटौंडाबाट प्रकाशित हुने दैनिक पत्रिकाले फरक फरक विषयलाई प्रमुखताका साथ छापेका छन् ।
३ नम्बर प्रदेश सरकारले वन्यजन्तुको त्रासबाट मुक्ति दिलाउन र वन्यजन्तुको संरक्षणको लागि चिवन तथा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा तारबार लगाउन थालेको, क्रसर उद्योगले खोला दहन गरेको, ए डिभिजन क्लबको नेतृत्व सम्हाल्दै मकवानपुरे अमिर, अवैध खोला उत्खनन् गर्ने २ जना अख्तियारको फन्दामा परेको, निर्माण सामाग्रीको मूल्य घटेकोलगायतका समाचार पहिलो पृष्ठमा छापेका छन् ।
युरेनियमको खानी संरक्षण गर्न गाउँपालिकाले चासो देखाएको समाचार आजको हेटौंडा सन्देशले छापेको छ । बकैया गाउँपालिका–२ स्थित धियाँलमा रहेको बहुमूल्य युरेनियमको खानी संरक्षण गर्न गाउँपालिकाले तदारुकता देखाएको छ ।
खानीका कारण मानव बस्तीमा प्रभाव परेको भन्दै पहिलो चरणमा बस्ती स्थानान्तरण गर्ने गाउँपालिकाले जनाएको छ । र युरेनियमको खानी सदुपयोग गर्न प्रदेश र केन्द्र सरकारसँग कानुनी ढंगले अघि बढ्ने गाउँपालिका अध्यक्ष दामोदर खनालले बताए । कालोपानी खोला आसपासमा करिब १५ हजार टन युरेनियम रहेको अनुमान गरिएको छ ।
हेर्नुहोस् आजका दैनिक पत्रिकाको पहिलो पृष्ठ