तीनवर्षको अवधिमा दुर्घटनामा परी एक सय एक जनाको मृत्यु
गुगलपाटी संवाददाता सिन्धुलीजिल्लामा तीनवर्षको अवधिमा सडक दुर्घटनामा परी एक सय एक जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार सडक दुर्घटनाको मुख्य कारण तिव्र गति र चालकको लापरवाहि रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार यस अवधिमा भएका १ सय ४१ वटा दुर्घटनामा तिव्रगतिका कारण ९२ वटा र चालकको लापर्वाहीका कारण ४७ वटा दुर्घटना भएका छन् ।
दुर्घटनालाई हेर्दा सबैभन्दा धेरै विपी राजमार्गमा दुर्घटना भएका छन् जसमा विपि राजमार्गको खुर्कोट दुम्जा सडक खण्डमा वढी सवारी दुर्घटना हुने गरेको उक्त तथ्यांकमा उल्लेख छ । प्रहरी उपरिक्षक चक्रवहादुर सिंहले दुर्घटनामा ज्यान गुमाउनेमा सबैभन्दा धेरै पुरुष रहेको जनाए ।
उनले आर्थिक वर्ष २०७/र०७३ देखि चालु आवको माघ मसान्तसम्म सवारी दुर्घटनाका कारण ज्यान गुमाउनेमध्ये ७८ जना पुरुष, १५ जना महिला र अन्य बालबालिका रहेका छन् । कार्यालयका अनुसार यस अवधिमा सवारी दुर्घटनामा परी १ सय ३१ जना गम्भिर घाईते भएका छन् भने १ सय २८ जना सामान्य घाईते भएका छन् ।
‘खुर्कोट –दुम्जा खण्डमा २५, भिमान–चियावारी खण्डमा ११, चियावारी–गढी खण्डमा ४ र गढी –खुर्कोट खण्डमा १ दुर्घटना भएको छ’ सिंह भने । विपी राजमार्गमा साँगुरो बाटो, घुमाउरो, ठुलठुला भिर भएको र त्यसमा पनि तिव्रगतिमा सवारी चलाउने गर्नाले यसक्षेत्रमा बढी दुर्घटना हुने गरेको उपरिक्षक सिंहले बताए ।
पूर्वी तराईलाई राजधानीसँग जोड्ने छोटो दुरीको रुपमा रहेको विपी राजमार्गमा दैनिकजसो सवारी र्दुघटना भईरहेका हुन्छन् । दुर्घटना कम गर्न प्रहरीले लागु गरेको टाईमकार्ड, रिफ्रेस सेन्टर भएता पनि त्यसले जति प्रभावकारी काम गर्नुपर्ने हो त्यस्तो हुन नसकेको सिंहले बताए । उनका अनुसार चालकको लापरवाहि र तिव्रगति नै दुर्घटनाका कारणहरु देखिएको छ ।