मानव अधिकार बर्ष पुस्तक सार्वजनिक
गुगलपाटी संवाददाता हेटौंडाअनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)प्रदेश ३ द्वारा हेटौँडामा मंगलबार ‘नेपाल मानव अधिकार बर्ष पुस्तक २०१९’ पुस्तक सार्वजनिक गरेको छ ।
केन्द्रदेखि प्रदेशसम्म एकसाथ पुस्तक सार्वजनिक गर्ने क्रममा मंगलबार हेटौँडामा पनि सार्वजनिक भएको हो ।
प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणी पौडेलले पुस्तक सार्वजनिक गरेका थिए । कार्यक्रममा बोल्दै मूख्यमन्त्री पौडेलले प्रदेश सरकार मानव अधिकार संरक्षणमा प्रतिवद्ध रहेको बताए ।
उनले मानव अधिकार संरक्षण सबै पक्षले गर्नुपर्ने भन्दै सरकार पक्षले लठ्ठी हान्दा पनि मानवअधिकार उल्लंघन हुने अर्को पक्षले जे गर्दा पनि उल्लंघन नहुने भन्दै अधिकारकर्मीलाई प्रश्न गरे ।
ईन्सेक प्रदेश ३ का संयोजक कृष्ण गौतमको अध्यक्षतामा भएको कार्यक्रममा इन्सेक रौतहटका विपिन गौतम, मकवानपुरका प्रताप विष्टसहित ३ जनालाई मानवअधिकार संरक्षणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
कार्यक्रममा गैरसरकारी संस्था महासंघका प्रदेश संयोजक बुद्धशरण लामा, मकवानपुर उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपेन्द्र जिसी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।