४५ सवारी साधनलाई नियन्त्रणमा, कानून नमान्ने सवारी साधनलाई एक हजार जरिवाना
गुगलपाटी संवाददाता काठमाडौंमहानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारीसाधनमा दुई चालक नराख्ने ४५ सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।
महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्य रूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अश्विकार गर्ने सार्वजनिक सवारीसाधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो ।
प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारीचालक राखे/नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो । कानून नमान्ने सवारी साधनलाई रु एक हजार जरिवाना गरेको महाशाखाले जनाएको छ ।