द कपिल शर्मा शोबाट हटाइए सिद्धु

गुगलपाटी संवाददाता भारत
९ फाल्गुन २०७५ ०७:५२

पाकिस्तानले भारतविरुद्ध पुलवामा हमला गरेपछि पूर्वक्रिकेटर तथा नेता नवजोत सिद्धूले विवादास्पद अभिव्यक्ति दिए । सिद्धूले भनेका थिए, आतंककारीको कुनै देश हुँदैन ।

मुट्ठीभरका मानिसका लागि पूरा देशलाई जिम्मेवार कसरी ठहर्‍याउन सकिन्छ । तपाईं यस हमलाको दोष पूरै देशलाई दिन सक्नुहुन्न । पूरा देश वा कुनै एक जनालाई यसको दोष दिनु ठीक होइन,ु सिद्धूको यस अभिव्यक्ति भारतभर तीव्र आलोचना भयो ।

मानिसहरूले सोनी च्यानलबाट प्रसारण हुने ुद कपिल शर्मा शोबाट उनलाई हटाउन माग गरे । दर्शकको आक्रोशलाई सोनी च्यानलले पनि सम्बोधन गर्‍यो । अहिले द कपिल शर्मा शोुमा सिद्धू छैनन् । उनको स्थानमा अर्चना पूरन सिंहलाई ल्याइएको छ ।

सोनी च्यानलको निर्णयपछि नवजोत सिद्धूले पनि अर्को अभिव्यक्ति दिएका छन् । उनले त्यसबारे आफूलाई कुनै जानकारी नभएको बताएका छन् । उनले आफ्नो राजनीतिक कार्यक्रमका लागि कपिलको शोमा समय दिन नपाएको अभिव्यक्ति दिए ।

सिद्धूले भनेका छन्, मैले विधानसभामा समय दिनुपर्ने थियो । जसकारण कपिल शर्माको शोको शूटमा सहभागी हुन पाइनँ । निर्माताले दुई एपिसोडका लागि मेरो स्थानमा अरूलाई ल्याए । यो बाहेक मलाई शोबाट हटाएको कुनै जानकारी छैन । यदि मेरो अभिव्यक्तिको कारण मलाई हटाइएको हो भने त्यसविरुद्ध म खडा हुनेछु ।

तर भारतीय मीडियाले अभिव्यक्तिकै कारण च्यानलको लोकप्रियतामा आँच आएको र सिद्धूलाई हटाइएको खबर लेखेका छन् ।