कर्णाली प्रदेश सरकार बेखबर
गुगलपाटी संवाददाता सुर्खेतहुम्ला, डोल्पा, मुगु, जुम्ला लगायतका जिल्लामा सुर्खेतदेखि नियमित रुपमा उडान गराउने कर्णाली प्रदेश सरकार बेखबर रहेको छ । विमानस्थल नियमित उडान नभएपछि स्थानीय हारगुहार गर्दा समेत प्रदेश सरकार मौन बसेको छ । कर्णाली प्रदेशका उद्योग, पर्यटक, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाका अनुसार हवाईसम्बन्धी प्रदेश सरकारलाई अधिकार नभएको बताए ।
सुर्खेत विमानस्थलमा सीता एयरलाइन्सलाई ‘नाइट स्टप’ राख्नको लागि प्रदेश सरकारले गुहार माग्नुपर्ने स्थिति रहेको मन्त्री बुढाले बताए । मन्त्री बुढाले भने, ‘एयरलाइन्सहरू यात्रु पाउँदैन भन्दै आलटाल गर्दै आएका छन् ।’
अब छिट्टै एयरलाइन्स कम्पनी र नेपाल नागरिक उड्ड्यन कार्यालय सुर्खेतको प्रमुखसँग छलफल गरिने मन्त्री बुढाले बताए । सुर्खेतदेखि तारा, सीता, समिट एयरले उडान भर्दै आएपनि काग्र्रो सामान र नेपाल खाद्य संस्थानको चामल बोक्दै आएका छन् ।
भौगोलिक रुपमा विकट हुम्लाका नागरिकले भने प्रदेश राजधानी जोड्ने एक मात्र हवाई यातायात नियमित गर्न माग गरेका छन् ।