प्रधानमन्त्रीको काम गर्ने ढंग नपुग्दा देशले दुःख पायोः प्रवक्ता शर्मा

गुगलपाटी संवाददाता
१२ फाल्गुन २०७५ ००:४०

हेटौंडा–नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको काम गर्ने ढंग नपुगेको र अदुरदर्शिताका कारण देशले दुःख पाएको आरोप लगाएका छन् ।

शर्माले शनिबार मकवानपुरको थाहानगरमा भएको काँग्रेसको भेलालाई सम्बोधन गर्दै प्रधानमनत्री ओलीले ढंग पु¥याएर काम नगर्दा देशले दुःख पाएको आरोपका लगाएका हुन् । जनताले विश्वास गरेर दुई तिहाई दिएको स्थिर सरकारले एकवर्षको अवधिमा जनताको विश्वास जित्न नसकेको कारणले गर्दा यो सरकारले देशमा विकास र समृद्धि दिने कुरा सम्भव नभएको टिपपणी उनको छ ।

‘केपी ओलीले एकवर्षको अवधिमा ढंग नपु¥याउँदा देशले दुःख पायो ।’, शर्माले भने, ‘चामल पनि छ । पानी पनि छ । आगो पनि छ । कसौंडी पनि छ । तर, पकाउने ढंग नजान्दा भात काँचो भयो ।’, नेपाली काँग्रेसले यसअघि गरेका कामको जस लिएरै प्रधानमन्त्री अगाडि बढिरहेको उनको आरोप थियो । सरकारमाथि आक्रमकरुपमा प्रस्तुत भएको शर्माले नेपाली काँग्रेसले सामाजिक सुरक्षाको कार्यक्रम आफ्नो नेतृत्वको सरकार रहँदा ल्याएको दावी गरे ।

‘केपी ओलीको एकवर्षमा बोली बुझियो तर, कर्म बुझिएन । इतिहासमा सुशील कोइरालको जिब्रोमा क्यान्सरहुँदा बोली बुझिएन भनेर विरोध भयो र तर, उहाँको कर्म बुझियो । अहिलेको सरकारको बोली प्रष्ट छ तर, कर्म शुन्य देखियो ।’ देशलाई प्रतिकुलताको वीचबाट स्थिरतातर्फ लैजान काँग्रेस सभापति शेरबहादुर देउवाले चुनाव गराएर महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले स्मरण गरे ।

पानी जहाज ल्याउनुभन्दा पहिला जनताको घरघरमा पानीको धारा पु¥याउन उनले सुझाव दिए । ‘पानी जहाज कार्यालय उद्घाटन गरी भोलीपल्टै बोर्ड हटाउने तथा कर्मचारी नै नराखी हावादारी प्रचार गराएको उनको आरोप छ । रेलमाग निर्माण गर्ने भनि विना अध्ययन लगानीको स्रोत नखोजी हावादारी प्रचार गरिएको बताउँदै शर्माले खर्बौ रुपियाँ लाग्ने रेलमार्ग तत्काल निर्माण सम्भव नभएको दावी गरे ।

‘रेलमार्ग ल्याउनु भनेको विद्यालय शुल्क तिर्न नसक्ने परिवारलाई हात्ती उपहार दिनुजस्तै हो । केही समय हात्ती पाउँदा परिवार खुशी होलान तर, विद्यालय शुल्क तिर्न नसकेको परिवार फेरि दुःखी हुनेछ ।’ नेपाली काँग्रेसले पटकपटक नेपाली जनताको पक्षमा काम गरेको र अझै पनि काँग्रेसलाई जनताले मन पराउने उनको दावी थियो । काँग्रेसले सरकारको कमीकमजोरी औंल्याउँदै आएको शान्तिपूर्ण रुपमा विरोध गरेको उनले बताए । ‘हामीले चाहेको भए । रोष्टम तोड्न र गाडी फोड्न सक्थ्यो । जनमत अनुसार अगाडि बढ्न कुनै अवरोध गर्दनौं । तर, सरकराले जनभावना अनुसार काम गर्न सकने ।’

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा पूर्व जलस्रोत राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीना, नेपाली काँग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता तथा मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँ, प्रमुख सल्लाहकार माइकल रामचन्द्र अर्याल, पार्टीको निवर्तमान सभापति रघुरमण न्यौपाने, लोकतान्त्रिक निर्माण व्यवसायी संघका अध्यक्ष अध्यक्ष हुमानाथ कोइराला, नेपाली काँग्रेस जिल्ला सचिव वुद्द लामा ,काँग्रेस नेता प्रमोद गुरागाईं ,पार्टी जिल्ला सदस्य कृष्णभक्त श्रेष्ठ ,महाधिवेशन प्रतिनिधि पवित्रा महत विष्ट,पार्टी २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा , नेपाली काँग्रेस हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली , महिला संघ जिल्ला सचिव निलम देवकोटा, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, पार्टी थाहानगर वडा नम्बर ७ का अध्यक्ष शिवराज थिङ, नेपाल विद्यार्थी संघ बज्रबाराही क्याम्पस उपाध्यक्ष अपेक्षा सुबेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा गायिका शुष्मा कार्की, निशा लामा, सुनिल थापा, दिपराज खत्रीलगायतले गीतमार्फत मनोरञ्जन दिलाएका थिए ।
कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १३७ जना नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

जिल्ला प्रतिनिधि तथा महासमिति सदस्य दिनेश उपाध्यायको विशेष संयोजकत्वमा वनभोज तथा कार्यकर्ता भेटघाट कार्यक्रम भएको थियो ।